logo

नेप्से परिसूचक ७.४७ अंकले घट्यो, ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार

    1193   पटक पढिएको

४ चैत्र /अर्थ र व्यापार - सोमबार नेप्से परिसूचक ७.४७ अंकले घटेर ११५३.९८ बिन्दुमा झरेको छ । बजार खुलेदेखि नै दबाबमा रहेको परिसूचक करिब २ बजेसम्म सकारात्मक रहेपनि बिक्री चाप थेग्न नसक्दा अन्तत परिसूचक ऋणात्मक बन्न पुगेको हो ।

यसदिन १६९ कम्पनीको १३ लाख ९३ हजार कित्ता शेयर ४ हजार ८१९ पटक खरिद बिक्री हुँदा ३६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको ३ लाख ५९ हजार ६३६ कित्ता संस्थापक शेयर ६ करोड ३९ लाख रुपैयाँ बराबरमा कारोबार भयो । यसैगरि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक एक करोड ४७ लाख , एभरेष्ट बैंक एक करोड २४ लाख, र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एक करोड बराबरको कारोबार भयो । एनएमबि बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर पनि ९० लाख बढीको खरिद बिक्री भएको छ ।

कारोबारमा आएका दश उप सूचकमध्ये उत्पादन तथा प्रशोधन र वित्तको इन्डेक्स् मात्र सकारात्मक बनेका छन् । बाँकी सबै ऋणात्मक रहे । जीबन र निर्जीबन बीमा तथा जलविद्युतको इन्डेक्स् एक प्रतिशत बढीले घटेका छन् । सोमबारको बजारबाट साना तथा मझौला कम्पनीको शेयरधनीले नाफा कमाएका छन्। युनाइटेड फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले बढेर  २१२ रूपैयाँमा पुगेको छ भने मल्टीपपर्स फाइनान्सको शेयरमूल्य पनि ७.१४ प्रतिशतले बढेको छ ।

आशा लघुवित्त, सिन्धु विकास बैंक, श्रीराम सुगर मिल्स र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले पनि सोमबारको बजारमा नाफा आर्जन गरेका छन् । उता जनउत्थान लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.१६ प्रतिशतले घटेर २ हजार २०३ रूपैयाँमा झरेको छ। खानीखोला, रैराङ्ग हाइड्रोपावर, अपि पावर,कालिका लघुवित्त र कञ्चन डेभलपमेन्ट बैंकको लगानीकर्ताले ३ प्रतिशत धेरैले सोमबारको बजारबाट गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।