logo

साताको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार

    1055   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार -  साताको अन्तिम दिनको बिहिबार बजार सामान्य बढेको छ । तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा दश करोड रुपैयाँले बढेको छ । बिहिबार नेप्से परिसूचक ५.४० अकले बढेर ११५५.५० बिन्दुमा पुगेको छ । यस दिन १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर ४८ करोड ५८ लाख रुपैयाँमा खरिद बिक्री भयो । बुधबार ३८ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

नियामक निकायले शेयर बजार सुधारको लागि बजारको आवश्यकता अनुसार नीतिलाई व्यसवस्थापन गर्ने प्रतिवद्धता गरे सँगै बजारमा सुधारको संकेत देखिएको हो । बिहिबार कारोबारमा आएका १० उपसूचक मध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक मात्र ०.२३ अंकले ऋणात्मक भयो । यसदिन सबै भन्दा धेरै अर्थात ४०.०९ अंबले बढोत्तरी भएको छ । विकास बैंक समूहको सूचक २२.५४ अंकले बढेको छ भने र्निजीवन बीमा समूहको सूचक २२.०८ अंकले बढेको हो । यसैगरीजीवन बीमा ५.३७, वित्त समूह ५.०५, जलविद्युत ४.६७, बैंकिङ्ग ४.५९, लघुवित्त २.११ र अन्य समूहको सूचक २.३ अंकले बढेको छ ।

बिहिबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको खरिद बिक्री सबै भन्दा धेरै भएको छ । इन्स्योरेन्सको एक लाख ९६ हजार २६२ कित्ता शेयर २१ करोड रुपैयाँमा किनबेच भयो । यस दिन तिनाउ विकास बैंक तथा युनाइटेड फइनान्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ९.८८ प्रतिशतले बढेको छ । यता राद्यि हाइड्रोपावरको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ६.१२ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।