logo

धितोपत्र बोर्डको निर्देशनको प्रभाब बुधबारको शेयर बजारमा, ३४ करोड रूपैयाँको कारोबार

    1220   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार  - धितोपत्र बोर्डको निर्देशनको प्रभाब बुधबारको शेयर बजारमा देखिएको छ । मंगलबार बोर्डले कमजोर÷खराब रेटिङ्ग पाएका कम्पनीहरूले आइपिओ निष्काशन गर्ने नपाउने व्यवस्था लागु गरेपछि शेयर बजारले लय समातेको हो । रेटिङ संस्थाबाट न्यून ग्रेड वा कमजोर रेटिङ पाएको कम्पनीले सार्वसाधारण शेयर निष्काशन गर्न नपाउने भएपछि लगानीकर्ताहरू आस्वश्त भएका हुन् ।

बुधबार २.२९ अंकले बढेको बजारमा मंगलबारको तुलनामा कारोबार रकम भने स्थिर देखिएको छ । मंगलबार ३४ करोड रूपैयाँको कारोबार भएको बजारमा आज बुधबार पनि ३४ करोड भन्दा बढीको काराबोर भएको छ ।बुधबार नेप्से २.२९ अंकले बढेर ११७९.३६ बिन्दुमा पुगेको छ । १६६ कम्पनीका १५ लाख १३ हजार ९२१ कित्ता शेयर किनबेच भएर ३४ करोड ७८ लाख रूपैयाँ बराबरको कारोबार भयो । यस दिन ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ०.४२ अंकले बढेर २५०.२६ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका १० उपसूचक मध्ये फाइनान्स र अन्य सहुमको सुचक ऋणत्मक देखिएको छ । बाँकी ८ सुचक सकारात्मक देखिएका छन् । बुधबार सबै भन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सुचक १२.५७ अंकले बढेको छ । यस्तै जीवन बीमा ९.७३, विकास बैंक ८.३२, निर्जीवन बीमा ६.३, होटल्स ५.४८, बाणिज्य बैंक २.४३, माइक्रोफाइनान्स २.४३ र हाइड्रोपावर ०.६८ अंकले सुधार भएका छन् ।

यस्तै सबै भन्दा धेरै अन्य समुहको सुचक १.११ अंकले घटेको छ । यस्तै फाइनान्स समुहको सुचक पनि ००३ अंकले ऋणत्मक भयो । बुधबार छिमेल लघुवित्तको संस्थापक शेयर सबै भन्दा धरै रकमको कारोबार भएको छ । लघुवित्तको ५ करोड ८६ लाख ?पैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको ४ लकरोड ८८ लाख, एनआइसी एशिया बैंकको १ करोड ६३ लाख, प्रभु बैंकको १ करोड ४१ लाख नेपाल लाइफको १ करोड ३२ लाख, बैंक अफ काठमाडूको १ करोड २७ लाख, एनसीसी बैंकको १ करोड ८ लाख र प्राइम कर्म्र्शियल बैंको संस्थापक शेयर १ करोड १ लाख ?पैयाँ बराबरको कारोबार भएका छन् बाँकी कुनै पनि कम्पनीको कारोबार रकम भने करोड नाघ्न सकेन ।

यस दिन सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर मूल्य ५.९७ प्रतिशतले बढेको छ । यस्तै हिमालयन पावर पार्टनरको शेयरधनीहरूले ४.९५ प्रशितले कमाएका छन् । हिमालयन डिष्टिलरी र ङादी ग्रुपको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् । यसैगरी, मितेरी विकास बेंक, पान्चकन्य माई, कालिका लघुवित्त, दिब्यश्वरी हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्सका शेयरधनीह?ले २ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

यता हाथवे फाइनान्सको शेयर मूल्य सबै भन्दा धेरै ३.२ प्रतिशतले घटेको छ । यस्तै सानिमा इक्युटीको इकाई मूल्य, आसिएफसी फाइनान्स, सप्तकोशी विकास बैंक, किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्तको शेयरधनीहरूले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।