logo

शेयर लगानीकर्ता दबाब समूहद्वारा आन्दोलनका सबै कार्यक्रम स्थगित

    906   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - शेयर बजारको विकास र सुधारका ३२ बुदँे माग सहित जारी आन्दोलनमा रहेको शेयर लगानीकर्ता दबाब समूहले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । लगानी सम्मेलनलाई दृष्टिगत गर्दै आन्दोलन स्थगित गरेको समूहले बताएको छ ।

समूहले एक विज्ञप्ति जारी गर्दै सरकारी समयंन्त्रले आफूहरूको आन्दोलनलाई लगानी सम्मेलन भाड्ने गतिबिधिको रूपमा प्रचार गरेकोले आन्दोलन स्थगित गरेको जनाएको छ । विगतमा भएका सहमतिका कार्यान्यनसहित बजार सुधारका ३२ बुँदे माग पुरा गराउन शान्तिपूर्ण दबाब कार्यक्रम राखेकोमा सरकारले बल प्रयोग गरेको भन्दै समूहले खेद व्यक्त गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, धितोपत्र सम्वन्धी ऐन २०६३ को प्रस्थावनामा शान्तिपूर्ण आन्दोलन गर्न पाउने लगानीकर्ताको नैसर्गिक अधिकारको हनन् हुने गरी प्रहरीलाई दमन गर्न लगाएकोले अर्थमन्त्री,धितोपत्र बोर्डका अध्यक्ष लगाएतलाई कारवाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछौ ।

आन्दोलनमा कुनै सहयोग नगरेपछि समूहले लगानीकर्ताका अन्य संघ सगठनहरू प्रति आक्रोस पोखेको छ । लगानीकर्ताका संघ सगठनहरू अमुक स्वार्थ पूर्तिकालागि खोलिएका भन्दै उनीहरू बिरूद्ध भण्डाफोर गरिने बताएको छ । लगानी सम्मेलनपछि आन्दोलनलाई थप उचाइमा पुर्याउने दबाब समूहले बताएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।