logo

शेयर लगानीकर्ता दबाब समुहद्वारा नेप्से परिसरमा कालो बेलुन उडाएर रिले अनशन सुरु

    1239   पटक पढिएको

११ चैत्र /अर्थ र व्यापार - शेयर लगानीकर्ता दबाब समुहले सोमबार नेप्से परिसरमा कालो बेलुन उडाएर अनिश्चितकालिन रिले अनशन सुरु गरेका छन् । पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे माग सुनुवाई नभएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत अनशन सुरु गरेको बताएका छन् । 

पूँजी बजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदा मध्ये धेरै बुँदा कार्यान्वयन नभएको तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनमा नियामक निकाय गैह्र जिम्मेवार बनेकाले आन्दोलन गर्नु परेको समूहले जनाएको छ । चैत १० गते धितोपत्र बोर्डको कार्यालयमा दबाब समूहले गरेको तालाबन्दी करिब ३ घण्टा पछि सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएको थियो । समूहले धितोपत्र बोर्डको कार्यक्रममा भएको प्रहरी हस्तक्षेपको पनि भर्त्सना गरेको छ ।

नेपाल स्टस्क एक्चेन्जमा सेवाग्रही र सञ्चारकर्मीलाई भित्र छिर्न रोक लगाएको छ। शेयर लगानीकर्ता दबाब समुहले नेप्से परिसरमा धर्ना दिने भएपछि त्यस क्षेत्रमा परिचालित सुरक्षाकर्मीले सेवाग्रही तथा सञ्चारकर्मीलाई कार्यालय प्रवेशमा रोक लगाएको हो । नेप्से परिसरमा दवाब समुहले धर्ना दिने कार्यक्रम सर्वजानिक भएपछि प्रहरी निरिक्षकको कमाण्डमा नेपाल प्रहरी नेप्से हातामा परिचालन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।