logo

आज शेयर कारोबार बन्द हुने

    1450   पटक पढिएको

२६ जेठ / अर्थ र व्यापार - आइतबार शेयर बजार बन्द रहने भएको छ । सरकारले आइतबार भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकासँगै नेप्से नखुल्ने भएको हो ।आइतबार उपत्यकामा विदा हुने भएपछि नेप्सेको कार्यालय सहित उपत्यका तथा बाहिर रहेका शेयर दलालको कार्यालयबाट समेत शेयर कारोबार हुँदैन । गृह मन्त्रालयले रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार परेकाले सार्वजनिक विदा दिईएको जनाएको छ । रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मान्ने गरिन्छ ।

जावलाखेलमा आयोजना हुने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहित उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहने गर्दछ । गत सातामा शेयर बजार परिसूचक नेप्से ३४.८८ अंकले घटेको छ। पहिलो कारोबार दिन आइतबार १३१९ दशमलव ४७ बिन्दुमा खुलेको बजार परिसूचक अन्तिम कारोबार दिन बिहीबार १२८४ दशमलव ५९ बिन्दुमा बन्द भएको हो । सूचकमा गिरावट आउँदा कारोबार रकम ३६.३७ प्रतिशतले घटेर २ अर्ब ७५ करोड ६३ लाखको कारोबार भयो ।

नेप्से घटेसँगै सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा कूल बजार पूँजीकरण ४३ अर्ब १२ करोड रुपैयाँले घटेर १५ खर्ब ९६ अर्ब ४३ करोड कायम भएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।