logo

नेप्सेमा दोहोरो अंकको बृद्धि, सबै उपसूचक हरियो, १८ करोड ६५ लाख रुपैयाँ कारोबार 

    1169   पटक पढिएको


७ साउन/अर्थ र व्यापार– सोमबार कारोबार मापक सूचक दोहोरो अंक १२.८४ ले बढेर ११९४.५० अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले बढेर २५१.३२ अंकमा पुगेको छ ।

सोमबार कारोवारको सुरुवात देखिनै बजारमा सुधार देखिएको थियो । ११८१ अंकबाट सुरु भएको बजारमा कारोबारको तेस्रो घण्टासम्म सामान्य सुधार देखिएको थियो । तर तेस्रो घण्टापछि बजारले तीव्र गतिमा वृद्धि कायम गर्दा अन्तमा बजार दोहोरो अंकको वृद्धि सँगै बन्द भएको छ ।

विदेशी बैंकबाट स्वदेशी बैंकले ऋण ल्याउन थालेको खबर आएकोले भविष्यमा ब्याजदर घट्ने लगानीकर्ताको अनुमान छ। यता ५० वटै ब्रोकर कम्पनीले लगानीकर्तालाई अनलाइनकालागि लग–इन दिन सुरु गरेकालेपनि बजारमा सुधार देखिएको हो।

सोमबार १५७ कम्पनीका ६ लाख ५८ कित्ता शेयर १८ करोड ६५ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएका सबैजसो उपसूचक बढेका छन् । बैंक ८.०६, विकास बैक १५.८८, जलविद्युत १९.०१, फाइनान्स १.८, निर्जीवन बीमा १३३.५१, उत्पादनमूलक १०.९१, अन्य ९.६३, लघुवित्त ३५.४५ र जीवन बीमा ५४.८६ अंकले बढेका छन्। होटेलमा कुनै फेरबदल भएन ।

नयाँ नेपाल लघुवित्तका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशत कमाए भने तिनाउ डेभलपमेन्टका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए । 
 
  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।