logo

साताभरिनै शेयर वजार घट्ने क्रम रोकिएन, विहिवार सूचक ३.९२ अंकले घट्यो, कारोबारमा बृद्धी 

    1395   पटक पढिएको

७ भदौ/अर्थ र व्यापार– साताभरिनै शेयर वजार घट्ने क्रमले निरन्तरता पायो ।

साता शुरुवातदेखिनै घटेको शेयर बजार साताको अन्तिम कारोबारको दिन पनि घटेको छ । साताभरिमा ३१.८२ अङ्कले शेयर वजार घटेको हो । 

विहिवार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.९२ अंकले घटेर ११७८.५० अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर २४८.९९ अंकमा झरेको छ ।

बिहीबार सूचक घटेको भए पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। बिहीबार १५९ कम्पनीका १० लाख २० हजार कित्ता शेयर २७ करोड ७३ लाख रुपैयाँमा कारोबार भयो । यो वुधवारको भन्दा ११ करोड रुपैयाँ बढीको कारोबार हो ।

कारोबारमा आएका उपसूचक मिश्रित देखिएका छन् । विकास बैक र उत्पादन मूलक समूह बाहेक सबै उपसूचक घटेका छन् । विकास बैक ०.१८ र अन्य ५.०७ अंकले बढेको छ ।

बैक ३.५३, होटेल २.३६, जलविद्युत १४.६२, फाइनान्स ०.०७, निर्जीवन बिमा समूह २७.५५, उत्पादन मूलक समूह ५४.६७, लघुबित्त ४.४१ र जीवन बिमा समूह ३८.६४ अंकले घटेका छन् ।

एनआइविएल समृद्धि फण्डका इकाइ धनीले करिब सात प्रतिशत कमाए । युनिलिभर नेपालका शेयर भनीले करिब चार प्रतिशत गुमाए ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।