logo

साताको अन्तिम दिन नेप्से परिसूचकमा १२.८३ अंकको वृद्धि 

    1052   पटक पढिएको

१२ बैशाख /अर्थ र व्यापार - साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक सूचक १२.८३ अंकले बढेर १२९२.१२ अंकमा पुगेको छ । आज बजारमा एकैदिन एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भयो । कारोबार रकम बुधबारको तुलनामा ७४ करोड ३४ लाख रुपैयाँले बढी हो । बुधबार ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।

बजारमा वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताको मुख्य आर्कषण रहेपनि विस्तारै अन्य समूहका शेयरको समेत माग बढ्न थालेको छ । जसले गर्दा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । बिहीबार कारोबारमा आएका १० उपसमु सबैको सूचक सकारात्मक बनेका छन् । यसदिन सबै भन्दा धेरै जीवन बीमाको सूचक ८९.९१ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा ७४.८४, विकास बैंक ४५.२९, उत्पादन तथा प्रशोधन २२.९, होटल २१.५, माइक्रोफाइनान्स १०.३९, वाणिज्य बैंक १०.०९, अन्य ६, हाइड्रोपावर ५.२४ र फाइनान्स ०.८८ अंकले उकालो लागेको हो । यसदिन नेपाल बैंकको सबैभन्दा धेरै १८ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनसिसि बैंकको ७ करोड ३० लाख, प्रभु बैंकको ७ करोड २६ लाख, छिमेक लघुवित्तको ६ करोड ६० लाख, कृषि विकास बैंकको ५ करोड ४३ लाख, एनएमबि बैंकको ५ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसैगरी सानिमा बेंकको ४ करोड ६१ लाख, एनआईसि एशिया बैंकको ४ करोड ५१ लाख, जनता बैंकको ३ करोड ९८ लाख र सिद्धार्थ बैंकको ३ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारबाट एभरेष्ट्र इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन् । यस्तै कृषि विकास बैंकको ९.६० प्रतिशत, मिर्मिरे लघुवित्तको ७.७२, युनाईटड इन्स्योरेन्स ७.५९, राधि विद्युत कम्पनीको ७.१४ प्रतिशतले शेयरमूल्य बढेको छ । नविल इक्वीटि फाण्डको इकाई मूल्य र साइन रेसुङ्गको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

यता तारागाँउ रेजेन्सी होटलको शेयरधनीले सबैभन्दा धेरै ९.३० अंकले गुमाएका छन् । नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ६.३८ अर गुहेश्वरी मर्चेन्ट बैंकको ३.९० अंकले शेयरमूल्य झरेको छ । यस्तै महिला लघुवित्त, सिटिजन मुचुअल फण्डको इकाई मूल्य, अरुण काबेली पावर, सपोर्ट माइक्रोफाइनान्स, सिनर्जी पावर लगायतको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।