logo

आजबाट सानिमा इक्विटी फण्डका इकाई बिक्री सुरु

    1380   पटक पढिएको

 

 


१२ मंसिर /  अर्थ र व्यापार - काठमाडौं । सानिमा बैंकले मंसिर १२ गते देखि १ अर्ब २० करोड रुपैयाँ १२ करोड इकाई निष्कासन गरेको छ । आजबाट सुरू भएको यी इकाईको बिक्री छिटोमा मंसिर १५ गते र ढिलोमा मंसिर २६ गतेसम्म खुला रहनेछ । ‘सानिमा इक्विटी फण्डले लगानीकर्ताहरुको जोखिम न्यनिकरण गर्दै बजारबाट अधिकत्तम लाभ लिने वातावरण बनाउने हाम्रो अपेक्षा छ, हाल सेयर बजार न्युन विन्दुबाट वृद्धि हुँदै गएकोले सात वर्षको अवधिमा लगानीकर्ताहरुलाई राम्रै प्रतिफल दिन हामी सक्षम हुनेछौं,’ सानिमा क्यापिटलका इन्भेष्टमेन्ट प्रमूख मन्दिप लुइटेलले भने ।


यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुले आफ्नो बैंक खाता रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सकिने व्यव्स्था गरिएको छ । योजनामा न्यूनतम १०० इकाई अर्थात रु १ हजार देखि अधिकक्तम २४ लाख इकाई अर्थात २ करोड ४० लाख रुपैया सम्म लगानी गर्न सकिने छ । यो योजना सानिमा बैंकको प्रवर्द्धनमा आउन लागेको पहिलो सामुहिक लगानी कोष योजना हो । इकाइको निष्काशनको क्रममा मागभन्दा बढि आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । यसो भएमा कोषको आकार १ अर्ब ५० करोड हुनेछ । कोषमा प्रवर्द्धक र सञ्चालकको १५ प्रतिशत बिउ पुँजी रहनुपर्ने व्यवस्था छ ।

कोष मार्फत संकलित रकम लगानी क्षेत्रको रुपमा सेयर नै प्राथमिकतामा रहेको छ । यस कोष मार्फत उठ्ने रकममध्ये ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ । बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ । बन्दमुखि यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । यो योजनाको परिपक्व अवधि ७ वर्षको रहेको छ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबटा पनि लगानीकर्ताले लाभ लिन सक्ने अवस्था बन्ने छ । ७ वर्षको परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटपर्थ प्रति सेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउनेछ । कोषको व्यवस्थापकहरुमा चार्टर्ड एकाउन्टेन्ट तिर्थराज उपाध्याय, ललित बहादुर बस्नेत, ख्याम नारायण ढकाल, डा. हेमन्तकुमार दवाडी र माधव प्रसाद ढकाल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।