logo

शेयर बजारमा सामान्य सुधार, २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार

    1163   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - शेयर बजारमा बुधबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ९.१२ अंकले बढेर ११११.७६ अंकमा पुगेको हो । आज १६९ कम्पनीको ८ लाख २६ हजार १३ कित्ता शेयर २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

कारोबारमा आएको सबै समूहको सूचक सकारात्मक देखिएको छ । सबै भन्दा धेरै जीवन बीमा समुहको सुचक ९६.१४ अंकले बढेको छ । निर्जीवन बीमा ६७.५६, होटल २५.४४, माइक्रो फाइनान्स १९.५, विकास बैंक १०.८२, वाणिज्य बैंक ७.२३ अंकले सुधार भएका छन् । यस्तै हाइड्रोपावर ५.९, फाइनान्स ४.३६, उत्पादन तथा प्रशोधन ३.९६ र अन्य समुहको सुचक ०.५३ अंकले सकारात्मक भएका छन् ।

बुधबार सबै भन्दा धेरै एनसीसी बैंकको शेयर कारोबार भएको छ । बैंकको १ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै नेपाल बैंकको १ करोड ३६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड १७ लाख र एनएमबि बैंकको १ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अन्य कुनैपनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् ।

हाथवे फाइनान्स शेयर मूल्य सबै भन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ । यस्तै कञ्चन डेभपलमेन्ट बैंकको शेयरधनीले आजको कारोबारबाट ८.२८ प्रतिशतले कमाएका छन् । नेपाल सेवा लघुवित्त, सपोर्ट माईक्रोफाइनान्स नाडेप लघुवित्तको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले बढेको छ । यता घलेम्दी हाइड्रोपावरको शेयरधनीले सबै भन्दा धेरै ६.५५ प्रतिशतले गुमाएका छन् । यसैगरी ग्रिन डेभलपमेन्ट बैंक, एनआइविएल प्रगति फण्डको इकाई मूल्य, कालिमा लघुवित्त, सेन्ट्रल फाइनान्स लगायतको शेयर मूल्य १ प्रतिशत भन्दा बढीले घटेका छन् ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।