logo

चार बैंक तथा वित्तीय संस्थाको साधारणसभा, गरिमा, नेरुडे र डिप्रोक्सले बोनस शेयर पारित गर्दै

    1449   पटक पढिएको


 

६ पुस / अर्थ र व्यापार - काठमाडौं। गरिमा विकास बैंक, नेपाल ग्रामीण विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र डिप्रोक्स लघुवित्त विकास बैंकले साधारण साभा डाकेका छन् । गरिमा विकास बैंकले पुष २८ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ ।

 बैंकले साधारणसभाबाट हाल कयम भएको चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । साथै साधारणसभाले दुईजना सर्वसाधारण समुहको तर्फबाट संचालक सदस्य निर्वा्चित गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनकालागि पुष १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसैगरी डिप्रोक्स लघुवित्त विकास बैंकले पुष २७ गते सोह्रौ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । साधारणसभाबाट सर्वसाधारण समुहको तर्फबाट तीन जना संचालको निर्वाचन गर्ने भएको छ । साधारणसभा प्रयोजनकालागि पुष १४ देखि २७ गतेसम्म बुक क्लोज हुने भएको छ ।

नेपाल ग्रामीण विकास बैंकले पुष २८ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट नेपाल ग्रामीण विकास बैंकको नाम र ठेगाना परिवर्तनकालागि प्रवन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने जनाएको छ । साथै बैंकले साधारणसभा प्रयोजनको लागि पुष १२ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

नेरुडे लघुवित्त विकास बैंकले पुष २९ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभाबाट हाल कायम भएको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । बैंकले साधारणसभाबाट सर्वसाधारण समुहको तर्फबाट दुई जना संचालनको निर्वाचन गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुष ९ गते देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।