logo

प्रोग्रेशिभ फाइनान्सद्वारा हकप्रदमा अवितरित शेयर तेस्रो पटक लिलामीमा ल्याउने तयारी

    1027   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - प्रोग्रेशिभ फाइनान्सद्वारा चैत २० गतेदेखि हकप्रदमा अवितरित ६ लाख ६७ हजार ३०५ कित्ता सर्वसाधारण शेयर तेस्रो पटक लिलामीमा ल्याउने भएको छ । यसअघि दुइ पटक लिलामी गरेको फाइनान्सले सबै शेयर बिक्री नभएपछि फेरि बिक्रीमा ल्याउन लागेको हो । 

यसअघि माघ १५ देखि २२ सम्म फाइनान्सले १३ लाख ३० हजार २५५ कित्ता शेयर लिलामीमा ल्याएको थियो । सो पटक ६ लाख ६२ हजार ९५० कित्ता शेयर मात्र बिक्री भएको थियो । इच्छुक लगानीकर्ताले लिलामी शेयरमा बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट चैत २० गते बुधबारदेखि चैत २८ गते बिहीबारसम्म कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

फाइनान्सले यसअघि मंसिर १० देखि २४ गतेसम्म सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलामीमा ल्याएको थियो । जसमा संस्थापक सबै बिक्री भए पनि सर्वसाधारण समूहतर्फ सबै शेयरमा आवेदन परेको थिएन ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । फाइनान्सको शेयर प्रतिकित्ता १२३ रुपैयाँ खरिद बिक्री भैरहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले २ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।