logo

नेप्सेका अनुसार अनलाइन कारोबार गर्न चार वटा क्लियरिङ बैंकमा खाता खोल्नुपर्ने, १७ गतेदेखि पूर्ण रुपमा स्वचालित शेयर कारोबार हुने

    1377   पटक पढिएको

१३ पुस/ अर्थ र व्यापार - दोस्रो बजारमा अनलाइनमार्फत शेयर कारोबार गर्न छुट्टै बैंक खाता चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार अनलाइन कारोबार गर्न चार वटा क्लियरिङ बैंकमा खाता खोल्नुपर्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंक मध्ये कुनैमा खाता खोलेपछि मात्रै अनलाइन कारोबार गर्न पाइनेछ ।

ब्रोकरमार्फत शेयर कारोबार गर्नका लागि भने छुट्टै खाता चाहिँदैन् । नेपाल राष्ट्र बैंकले विद्युतिय कारोबारमा लिमिट तोकेकोले छुट्टै खाता खोल्न नेप्सेले अनुरोध गरेको हो । यो खाताबाट लगानीकर्ताले शेयर कारोबारका लागि जति पनि कारोबार गर्न सक्छन् ।
आगामी पुस १७ गतेदेखि पूर्ण रुपमा स्वचालित शेयर कारोबार हुने नेप्सेले जनाएको छ । यस्तै हितग्राही खाता (डिम्याट) अध्यावधिक गर्नुपर्ने नेप्सेले जनाएको छ । एक हितग्राही खातासँग एउटा मात्रै बैंक खाता आवद्ध हुनेछ । नेप्सेले लगानीकर्ताहरुलाई ब्रोकर कार्यालयमा गएर कारोबार सदस्य ग्राहक सम्झौता गर्न निर्देशन दिएको छ । बैंकमा आवश्यकता अनुसार रकम जम्मा गरि ब्रोकरबाट कारोबारको सीमा लिनु पर्नेछ । नियम अनुसार लगानीकर्ताले आफुले जम्मा गरेको रकमको चार गुणासम्म शेयर खरिद गर्न सक्ने व्यवस्था छ ।

हितग्राही खातामा रहेको फ्रि व्यालेन्स मात्र बिक्री गर्न सकिने छ । धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री गर्न नपाइने नेप्सेले जनाएको छ । बिक्री कारोबार भएको भोलीपल्टसम्म बिक्री बमोजिमको इडिआइएस ब्रोकरलाई उपलब्ध गराउनु पर्ने छ । सिडिएससीले यस्तो स्लिपलाई इलेक्ट्रोनिक गरिसकेको हुँदा ब्रोकरकोमा अनिवार्य उपस्थित हुनुपर्दैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।