logo

बिक्री चाप बढेपनि सुध्रिएन बजार, झण्डै २६ करोडको शेयर कारोबार हुँदा एनएमबि र नेपाल बैंकले उछिने

    950   पटक पढिएको

३ मंसिर / अर्थ र व्यापार - शेयर लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको शेयर खरिद बिक्री चाप बढाएपनि शेयर बजार भने उकासिन सकेको छैन। मंगलबारको कारोबारमा समेत शेयर सूचक झिनो अङ्कले घटेर बन्द भएको छ भने सेन्सेटिभ सूचक हरियो देखिएको छ । 

मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १.१४ अङ्कले घटेर ११२९.९९ अंकमा ओर्लिएको छ । सेन्सेटिभ सूचक ०.३१ अकले बढेर २४८.९१ अंकमा उक्लिएको छ । सोमबार सूचक ०.२३ अङ्कले घटेको थियो ।  

मंगलबारको कारोबारमा  राम्रो प्रतिफल दिने कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । कारोबार गर्ने उच्च कम्पनीको सूचीमा एनएमबि बैंक र नेपाल बैंक लगानीकर्ताको आकर्षण बने । एनएमबि बैंक उच्च कारोबार गर्ने कम्पनीको सूचीमा अग्रस्थानमा छ भने नेपाल बैंक दोस्रो उच्च कारोबार गर्ने कम्पनी बनेको छ ।
एनएमबि बैंकको तीन करोड २० लाख रुपैयाँको कारोबार भयो भने नेपाल बैंकको १ करोड ८७ लाख रुपैयाँको कारोबार भयो । एनएमबि बैंकले ३५ प्रतिशत र नेपाल बैंकले २५ प्रतिशत लाभांश घोषणा गरेका छन् । सोही कारण यी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढी देखिएको हो ।

तर दुवै बैंकको बढी कारोबार भएपनि प्रतिकित्ता शेयर मूल्य भने दुवैको घटेको छ । मंगलबार दुवै कम्पनीको शेयर मूल्य प्रति कित्ता दुई रुपैयाँले घटेको छ ।

मंगलबार १६३ कम्पनीको शेयर २५ करोड ९३ लाख रुपैयाँमा कारोबार भयो । कारोबार रकमकै आधारमा एनएमबि बैंकले अग्रता लिएको छ । मंगलबार कारोबार रकम बढाउन संस्थापक शेयरले बढी टेवा दिएको छ । एनएमबि बैंक र मुक्तिनाथ बैंकको संस्थापक शेयरको धेरै कारोबार भयो। 

एनएमबि बैंकको दुई करोड र मुक्तिनाथ बैकको डेढ करोड रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएका हुन् । मंगलबार १२ समूहको शेयर कारोबार भयो । ६ समूहको उप सूचक घटेका छन् भने ६ समूहकै उप सूचक बढेका छन् ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।