logo

दोस्रो बजारमा ऋणपत्रको कारोबार बढ्न थाल्यो, एनआईसी एशियाको ६ करोड रुपैयाँको कारोबार

    1258   पटक पढिएको

१० पुष / अर्थ र व्यापार - दोस्रो बजारमा ऋणपत्रको खरिद बिक्री बढ्न थालेको छ। बुधबार सानिमा बैंकको ऋणपत्रको कारोबार भएको थियो। बिहीबार पनि एनआईसी एशिया बैंकको ऋणपत्रको कारोबार भएको छ।

एनआईसी एशियाको आज भएको कारोबारमा २० रुपैयाँले बढेर प्रति इकाई १०२० रुपैयाँमा खरिद बिक्री भएको छ। बैंकको ६ वटा कारोबार भएको छ। एक हजार एक रुपैयाँदेखि १०४० रुपैयाँको दरमा खरिद बिक्री भएको हो। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीबाटै कारोबार गर्ने प्रणाली विकास गरेसँगै अन्य शेयरको जस्तै ऋणपत्रको पनि कारोबार हुन थालेको हो।

पछिल्लो समय बाणिज्य बैंकले दीर्घकालिन पूँजी जुटाउने साधनको रुपमा ऋणपत्र निष्काशन गर्दै आएका थिए। त्यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्काशन गर्नु पर्ने व्यवस्था गरेको थियो।

यो नीतिपछि पछिल्लो समय बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गरिरहेका छन्। ऋणपत्र निष्काशन गरिए पनि समयमा बिक्न सकेको थिएन। ऋणपत्र खरिद गरेपछि सजिलै दोस्रो बजारमा खरिद बिक्री गर्न नसकिने भन्दै लगानीकर्ताको आकर्षण देखिएको थिएन।

अनलाइन प्रणालीबाट सहजै खरिद बिक्री गर्न सकिने भए पछि बैंकहरुले निष्काशन गरेको ऋणपत्र बिक्न सक्ने बैंकरहरु बताउँछन्। विहिबार बिक्री भएको एनआईसी एशियाको ऋणपत्रको व्याजदर ११ प्रतिशत छ। यसले गर्दा पनि बैंकको ऋणपत्र बढेर खरिद बिक्री भएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।