logo

राष्ट्र बैंकका अनुसार संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबार संचालन गरेको दश बर्ष पुरा हुनुपर्ने

    1028   पटक पढिएको

१९ पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कम्तिमा ५१ प्रतिशत संस्थापक शेयर रहनै पर्ने स्पष्ट पारेको छ । साथै राष्ट्र बैंकले ५१ प्रतिशत भन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेका संस्थाका शेयरधनीले चाहेमा संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न पाउने जनाएको छ । तर त्यसका लागि राष्ट्र बैंकले तोकेको शर्त भने पुरा गर्नुपर्नेछ ।
राष्ट्र बैंकले यस अघि जारी गरेको निर्देशनलाई परिमार्जन गर्दे नयाँ निर्देशन जारी गरेको हो । राष्ट्र बैंकका अनुसार संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न बैंक तथा वित्तीय संस्थाले वित्तीय कारोबार संचालन गरेको दश बर्ष पुरा हुनुपर्नेछ ।

संस्थापक शेयर साधारणमा रुपान्तरण गर्दा संस्थापक वा संस्थापक समूहको शेयर स्वामित्व कम्तिमा ५१ प्रतिशत कायमै रहनुपर्ने स्पष्ट पारेको छ । ५१ प्रतिशत भन्दा बढी रहेको शेयर धितोपत्र विनिमय बजार मार्फत संस्थापकहरुको शेयर लगानी अनुपातमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्न पाइनेछ । तर कुनै संस्थापक शेयरधनीले शेयर रुपान्तरण गर्न नचाहेमा बाँकी रहेका संस्थापक शेयरधनीको शेयर स्वामित्व ५१ प्रतिशत भन्दा कम नहुनेगरी त्यस्तो शेयर अनुपात उपयोग गर्न सक्ने राष्ट्र बैंकको भनाई छ ।

एक पटक सर्वसाधारणमा परिणत भईसकेको शेयर पुन संस्थापक वा संस्थापक समूहको शेयर परिणत नहुने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ । संस्थापक शेयर साधारणमा रुपान्तरण गर्न राष्ट्र बैंकको स्वीकृति अनिवार्य गरिएको छ । संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति र संस्था कालोसूचीमा रहेको भएमा निजको शेयर बैंक तथा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनको लागि मात्र बिक्री गर्न पाइने छ । कालोसूचीमा रहेनरहेको व्यहोरा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै एकिन गर्नु पर्ने राष्ट्र बैंकको निर्देशन छ ।

यस व्यवस्था अनुरुप संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी एक पटकमा बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न सकिनेछ । साथै, यसरी परिणत गर्ने कार्य कम्तिमा दुई पटकसम्म गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा सञ्चालक कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यत्तिले त्यस्तो पदमा बहाल रहेको अवस्थामा समेत संस्थापक समूहको शेयर यस व्यवस्था अनुरुप सर्वसाधारणमा परिणत गर्न बाधा पर्ने छैन । तर, खरिदरबिक्री सम्बन्धी प्रक्रिया प्रचलन कानुनको अधीनमा रही गर्नु पर्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।