logo

नेप्से ५ अंकले बढ्दा अर्बमाथिको कारोबार, बीमा र लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता

    1112   पटक पढिएको

१४ माघ / अर्थ र व्यापार - आज भने सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह र निर्जीवन बीमा समुह क्रमशः २ दशमलव १९ र २ दशमलव ६ प्रतिशतले बढेका छन् ।

आज दिनभरिमा १ सय ७८ कम्पनीको ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै गालेबल आइएमई बैंकको ९ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोडमाथिको कारोबार भएको भएको छ । नेको इन्स्योरेन्सका कम्पनी र नेपाल बैंक, नागरिक लगानी कोष, गुराँस लाइफ, एशियन लाइफ, प्राइम लाइफको ४ करोडमाथिको कारोबार भएको छ ।

शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्त, नागरिक लगानी कोष, एभरेष्ट इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, समृद्धि फाइनान्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् । रसुवागडी हाइड्रोपावर, इन्फिनिटी लघुवित्त, सिन्धु विकास बैंक साल्ट ट्रेडिङ, ओरिएण्टल होटल लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।