logo

नेप्समा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ अंक कायम

    1234   पटक पढिएको

२७ माघ/ अर्थ र व्यापार  - साताको पहिलो दिन आइतबार नेप्समा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुल्ला भए देखि लगातार ओरालो लागेको नेप्से परिसूचक १२.०५ अंकले घटेर ११२७.५३ अंकमा झरेकोे छ । यसदिन १६० कम्पनीको ७ लाख ८२ हजार ४७७ कित्ता शेयर २३ करोड ५१ लाख रुपैयाँमा खरिद बिक्री भयो । 

आइतबार कारोबारमा आएका दश उपसूचक मध्ये होटल समूहको सूचक बाहेक सबै सूचक ओरालो लागेको छन् । होटलको सूचक ११.६८ अंकले बढेको छ । यस दिनको कारोबारमा जीवन बीमा समूहको सूचक सबै भन्दा धैरै अर्थात १६०.२६ अंकले घटेको छ भने र्निजीवन बीमाको ११०.०८ अंकले ओरालो लागेको छ । 

जलविद्युतको २६.१८, लघुवित्तको १५.७१, विकास बैंकको १४.६५, बैकिङ्गको ६.७२, अन्य, ५.७३, वित्त ५.७२ र उत्पादन तथा प्रशोधन समूहको सूचक ५. ३५ अंकले झरेका छन् । आइतबार माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको ६७ हजार ७९५ कित्ता शेयर एक करोड ४० लाख रुपैयाँमा किनबेच भएको छ । साथै माथिल्लो तामाकोशी र नेपाल बैंकको शेयर कारोबार रकम एक करोड रुपैयाँ भन्दा माथि छ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये यस दिन ११ वटा कम्पनीको मात्र शेयर मूल्यमा सामान्य सुधार भएको छ । जसमा विजया लघुवित्त, सोल्टि होटल, भार्गव विकास बैंक, कालिका लघुवित्त र रैराङ्ग हाईड्रोपावरको शेयर मूल्य एक प्रतिशत भन्दा धेरैले बढेको छ ।

साथै माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नेपाल इन्स्योरेन्स डिप्रोक्स लघुवित्त, नेशनल माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको शेयर मूल्य झिनो अंकले बढयो । उता श्री इन्भेष्टमेन्ट फाईनान्सको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ५.८८ प्रतिशतले ओरालो लाग्यो भने सामुदायिक लघुवित्तको ५.०४ प्रतिशतले घटयो ।
जोशी हाईड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, हिमालयन पावर र नेशनल लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटयो । साथै शिखर इन्स्योरेन्स, उन्नती माइक्रोफाइनान्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्सको शेयर मूल्य तीन प्रतिशत भन्दा धेरैले संकुचित भएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।