logo

सेयर बजारमा दुई अर्ब बढीको कारोबार, नेप्सेले नाघ्यो १३४६ बिन्दु

    1226   पटक पढिएको

 १९ माघ / अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आज दोश्रो पटक हो । उच्च कारोबार भएको बजारमा सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकम सहित नेप्से परिसूचकमा पनि उछाल आएको छ । आइतबारको बजारमा नेप्से परिसूचक २१.२६ अंकले बढेर १३४६.६४ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै उच्च बिन्दु हो ।

बजारमा दुई समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१.५२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ४७, विकास बैंक २८, बैंकिङ् २७ र माइक्रोफाइनान्स २२ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । जीवन बीमा र ट्रेडिङ समूह सामान्य अर्थात क्रमशः १.०९ र ०.६२ अंकले ओरालो लागेका छन् ।

आइतबार तीन लघुवित्तका लगानकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त विकास बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९३, ९.८९ र ९.८८ प्रतिशतले बढेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।