logo

सुस्ताउदो शेयर वजार, सोमवार नेप्सेमा १.११ अंकको गिरावट, कारोबारमा बृद्धी  

    1316   पटक पढिएको

  

    
१४ साउन/अर्थ र व्यापार– शेयर बजार १.११ अंकको गिरावटसँगै ११९३.७१ बिन्दुमा रोकिएको छ । कारोबार सुरु भएदखि नै बजारमा समान्य सुधार देखिएपनि पछि बजार निरन्तर ओरालो लाग्दा नेप्सेमा गिरावट आएको हो । 

सुचकमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने २८ करोड ७४ लाख रुपैयाँ नाघेको छ । आईतबारको तुलनामा कारोबार १० करोड २५ लाख रुपैयाँले बढी भएको छ । आईतबार १८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो ।

बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रसोधन र माइक्रोफाइनान्सको उपसूचक बढे पनि होटल हाइड्रोपावर निर्जीवन बीमा कम्पनी अन्य र जीवन बीमा कम्पनीहरुको उपसूचक भने घटेका छन् । 

सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ६ करोड ३४ लाख रुपैयाँको कारोबार भयो । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८३ प्रतिशतले कमाएका छन् भने कमजोर वित्तीय विवरण सार्वजनिक गरेको सिटी एक्सप्रेस फाइनान्सको कारोबारमा सर्किट लागेको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।