logo

४२ अंकले बढ्यो नेप्से, सवा अर्बको कारोबार, लगानीकर्ताको आकर्षण बीमा कम्पनीमा

    1058   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - साताको पहिलो दिने शेयर बजारमा उछाल आएको छ । बजार खुलेदेखि निरन्तर बढ्ने क्रममा रहेको नेप्से परिसूचक एकैदिन ४२.६१ अंकले बढेर बजार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा ३.५१ प्रतिशतले बढेर १२५५.७२ अंकमा पुगेको छ। जुन गत चारमहिना यताकै उच्चतम विन्दु हो ।

त्यस्तै, परिसूचकसँगै शेयर कारोबारमा पनि उच्च वृद्धि भएको छ । आइतबार मात्रै एक अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बजारमा कूल १७९ कम्पनीको ३८ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएका मध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, गा्रमीण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँ भन्दा बढीको शेयर बिक्री भएका छन् ।

बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेसँगै आइतबारको बजारमा उछाल आएको हो । सो दिन जीवन बीमा र निर्जीवन बीमा समूह त्रिपल डिजिट अर्थात उच्च अंकले बढेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४०९.२७ र निर्जीवन बीमा समूह ३८४.२१ अंकले उकालो लागेका छन् । बजारमा कारोबारमा आएका सबै सूचक हरिया देखिएका छन् । जसमध्ये म्युचअल फण्ड समूह सामान्य अंकले बढेको छ भने बाँकी समूह दोहोरो अंकले उकालो लागेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।