logo

मंगलवार नेप्से १.६१ अंकले बढ्यो

    968   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार- मंगलवार शेयर बजारमा सामान्य सुधार देखिएको छ । सोमबार लगानीकर्ताको आन्दोलनका बीच चलेको बजार घटे पनि मंगलबार भने १.६१ अंकले बढेर ११६१.४३ अंकमा बन्द भएको छ । मंगलबार १५४ कम्पनीका २३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम भने घटेको छ । 

मंगलबार बैंकिङ, होटल, विकास बैंक, जलविद्युत र अन्य समूहका सूचक बढेका छन् । त्यस्तै वित्त कम्पनी, निर्जीवन बीमा, उत्पादन, लघुवित्त र जीवन बीमा कम्पनीका सूचक घटेका छन् । सोमबार जस्तै मंगलबार पनि एनएमबी बैंकको शेयर धेरै कारोबार भएको छ । अन्तिम मूल्य प्रतिकित्ता ३५८ रुपैयाँ कायम भएको बैंकको १ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । यसैगरी नेपाल बैंकको १ करोड ६ लाख र नेपाल क्रेडिट एण्ड कमर्सिएल बैंकको १ करोड ४ लाखको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

मंगलबारको कारोबारमा सूर्योदय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो संस्थाको ८.३७ प्रतिशतले शेयर मूल्य बढेको छ । नेपाल हाइड्रो डेभलपर्स र कालिका लघुवित्तका शेयरधनी पनि कमाउनेको सूचीमा अग्रस्थानमा रहे ।  कारोबार अवधिभरमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य ३.९ प्रतिशतले घटेको छ । स्वरोजगार लघुवित्त र तिनाउ विकास बैंकका लगानीकर्ताले पनि धेरै गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।