logo

साताको अन्तिम दिन आज नेप्से सूचक झिनो अंक ०.१५ विन्दुले घट्यो

    1153   पटक पढिएको

२४ माघ/ अर्थ र व्यापार - बिहीबार (आज) नेप्से सूचक झिनो अंक ०.१५ विन्दुले घटेको छ । नेप्से सूचक घटे पनि सेन्सेटिभ तर्फको सूचक भने ०.११ अंकले बढेको छ । सूचक सँगै कारोबार रकम पनि २५ करोड ७६ लाख रुपैयाँमा खुम्चिएको छ ।

बिहीबार बैंकिङ, होटल, फाइनान्स र माइक्रोफाइनान्सको सूचक बाहेक अन्य सूचक घटेका छन् । सबैभन्दा धेरै बाणिज्य बैंकको सूचक ०.२३ प्रतिशतले बढेको भए पनि नेप्से सूचक भने झिनो अंकले घटेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै दुई करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै जोशी हाइड्रोपावरको ८.६३ प्रतिशतले घटेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले ८.८१ प्रतिशतले कमाएका छन् ।
यो हप्तामा शेयर बजार २२.०६ अंकले घटेको हो । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको लागि प्रक्रिया अगाडि बढाउन निर्देशन दिएसँगै बजार बढ्ने अपेक्षा गरिएकोमा प्रक्रिया अगाडि बढ्न नसकेपछि शेयर बजारमा थप २२.०६ अंकले पहिरो गएको छ ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंक तथा वित्तीय संस्थाले गत वर्षको भन्दा राम्रो नाफा बढाउनुका साथै प्रतिशेयर आम्दानीमा पनि सुधार गरेका छन् । प्रतिशेयर आम्दानीमा सुधार हुँदा पनि बजारमा भने यसले खासै प्रभाव पार्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।