logo

नेप्से परिसूचकमा झिनो सुधार, २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार

    1254   पटक पढिएको

२८ माघ/ अर्थ र व्यापार - सोमबार नेप्से १.३४ अंकले सुधार आउदा ११२८.८६ बिन्दुमा पुगेको छ । यस दिन १६६ कम्पनीका ६ लाख ८७ हजार ३३६ कित्ता शेयर किनबेच हुँदा २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भयो । सोमबार नेप्से परिसूचक झिनो सुधार भएको बजारमा कारोबार रकम भने घटेको छ । आइतबार दोहोरो अंकले घटेर २३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको शेयर बजारमा सोमबार करिब ३ करोड कम कारोबार भएको हो ।

कारोबारमा आएका १० उपसूचक मध्ये आठ सकारात्मक बनेका छन् भने २ सूचक ऋणात्मक देखिएका छन् । जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै २४.४२ अंकले बढेको छ । विकास बैंक१३.७१, होटल्स् १३.३४, माइक्रोफाइनान्स १०.४५, निर्जीवन बीमाको सूचक १०.२१ अंकले बढेका छन् । यस्तै हाइड्रोपावर २.४४, फाइनान्स २.४ र अन्य समुहको सूचक पनि २.३६ अंकले सकारात्मक रहे ।

यता उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा धेरै १०.२४ अंकले ऋणात्मक भएको छ । यस्तै वाणिज्य बैंकको सूचक पनि १.४८ अंकले ओरालो लागेको छ । सोमबार अपर तामाकोशी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । तामाकोशीको ६१ हजार १३ कित्ता शेयर एक करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुदाँ अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

यस दिन एनसिसी बैंकको ९३ लाख रुपैयाँ, एनएमबि बैंकको ८२ लाख ८५ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ८० लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भयो । नबिल बैंक प्रमोटर ७१ लाख ८६ हजार तथा प्रभु बैंक, नेशनल लाई र नेपाल इन्स्योरेन्सको पनि ५० लाख बढीको शेयर कारोबार भयो ।
यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ । कालिका पावर कम्पनीका शेयरधनीले ७.७८ प्रतिशत, श्री इनभेष्टमेन्ट फाइनान्सका शेयरधनीले ५.४७ प्रतिशतले कमाएका छन् । यस्तै सानाकिसान विकास बैंक, रैराङ्ग हाइड्रोपावर, महिला सहयात्री माइक्रोफइनान्सको शेयर मुल्य ३ प्रतिशत भन्दा बढीले बढेका छन् ।

यता बरुण हाइड्रोपावरको शेयर मल्य सबैभन्दा धेरै ७.५१ प्रतिशतले घटेको छ । यस्तै सिद्धार्थ इनस्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्सका शेयरधनीहरुले २ प्रतिशत भन्दा बढीले गुमाएका छन् । यस्तै युनिलिभर नेपाल, छ्याङदी हाइड्रोपावर, सानिमा इक्वुटी फण्डको इकाई मुल्य, किसान माइक्रोफाइनान्स, कालिका लघुवित्त, सिभिल लघुवित्तको शेयर मुल्य १ प्रतिशत भन्दा बढीको घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।