logo

आईतवार नेप्से दोहोरो अंकले घट्यो, बजार ११.७३ अंकले घटेर ११८१.६६ अंकमा

    1313   पटक पढिएको


६ साउन/अर्थ र व्यापार– आइतबार शेयर बजार मापक सूचक ११.७३ अंकले घटेर ११८१.६६ अंकमा ओर्लिएको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५६ अंकले घटेर २४८.८६ अंकमा झरेको छ ।

आइतबार कारोबारमा आएका सबैजसो उपसूचक घट्दा समग्र बजार घटेको हो ।

कारोबारमा आएका  १० समूहको कारोबारमा फाइनान्स बाहेक सबै उपसूचक घटेका छन्। फाइनान्स २.९९ अंकले बढेको छ।
बैंक ७.६६, होटेल ३४.५७, विकास बैंक १३.४२, जलविद्युत १३.७७, निर्जीवन बिमा ११०.६, उत्पादनमूलक ३.४१,  अन्य ६.७१, लघुवित्त ३२.९३ र जीवन बीमा ७०.२८ अंकले घटेका छन् ।

आइतबार १६३ कम्पनीका ६ लाख ६१ हजार कित्ता शेयर २१ करोड १२ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी एनसिसि बैंकको एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार दोहोरो अंकले घटेपनि तिनाउ डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले करिब पाँच प्रतिशत गुमाए ।  

लगानीकर्ताले बजारमा शेयर बजारप्रति सरकार अनुदार रहेको विश्लेषण गर्न थालेका छन् ।    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।