logo

११ दशमलव ३४ अंकले घट्यो सेयर बजार, २ अर्ब ९० करोड भन्दा बढीको कारोबार

    1569   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार– साताको अन्तिम दिन बिहीबार सेयर वजार परिसूचक ११ दशमलव ३४ अंकले घटेको छ । 

बुधवार १ हजार ६ सय अंक भन्दा माथि पुगेको नेप्से परिसूचक बिहीबार ११ दशमलव ३४ अंकले घटेको र १ हजार ५ सय ८९ अंकमा झरेको छ । 

विहीबार जलविद्युतको सुचक ३ दशमलव ०८ प्रतिशत घटेको छ भने फाइनान्सको सुचक ३ दशमलव ९१ प्रतिशत बढेको छ । 

बिहिवार दिनभर भएका १ सय ९३ कम्पनीको ४८ हजार १ सय ९९ कारोबारबाट १ करोड ११ लाख ६४ हजार ५ सय ६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९ सय ६६ रुपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै कारोबार हुनेमा जलविद्युत कम्पनी रहेको छ । अरुण काबेली हाइड्रोको सबैभन्दा बढी १२ करोड ४१ लाख बराबरको सेयर कारोबार भएको छ भने दोस्रोमा नेशनल हाइड्रोपावरको १० करोड ३७ लाख बराबरको सेयर कारोबार भएको छ ।

विहिवार मल्टिपर्पस फाइनान्सको सेयर मुल्य १० प्रतिशत बढेर प्रतिकित्ता १५४ पुगेको छ । साथै, कर्णाली विकास बैंकको सेयर मुल्य ९ दशमलव ७९ प्रतिशत बढेर १५७ रुपैयाँ कायम भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।