logo

मंगलबार सेयर वजार सूचक र कारोबार दुवै घट्यो, ६ महिनायताकै कम रकमको कारोबार 

    965   पटक पढिएको


२२ असार/अर्थ र व्यापार– मंगलबार सेयर वजार सूचक र कारोबार दुवै घटेको छ । आज सूचक ५.२५ अंकले घटेर २८१८ अंकमा झरेको छ । सूचक जेठ ९ गते यताकै कम हो । 

मंगलबार ६ महिनायताकै सबैभन्दा कम रकमको कारोबार भएको छ । आज ४ अर्ब २२ करोड ४० लाख रुपैयाँको किनबेच भएको छ । जुन सूचक पनि जेठ ९ गतेयताको सबैभन्दा कम हो । 

सेयर वजार सूचक र कारोबार दुवै घटेको मंगलबार राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य प्रति कित्ता १६९२ रुपैयाँले बढेर २२ हजार ५२ रुपैयाँ पुगेको छ । यो ८.३१ प्रतिशतको वृद्धि हो । यसपछि माउण्टेन इनर्जीको ५.२१ प्रतिशतले मूल्य बढेको छ भने सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र समिट लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ । कुल ५८ कम्पनीको सेयर मूल्य बढेको छ ।

मंगलबार वाणिज्य बैंक, निर्जीवन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन, लघुवित्त र जीवन बीमा सूचक बढेको छ। बाँकी सबै घटेका छन् । 

आज १०६ कम्पनीको मूल्य घटेको छ । भने १९ कम्पनीको मुल्य स्थिर रहेको छ । आज सबैभन्दा बढी गुमाउनेमा एचआइडीसीएल छ । अपर तामाकोशीको रिडी हाइड्रो, नेशनल हाइड्रो र नेपाल इन्स्योरेन्सको मूल्य घटेको छ ।

बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक किनबेच भएको छ कम्पनीको ३५ करोड ८७ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि तामाकोशीको २० करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।