logo

बुधबार नेप्से सूचक १६.९७ अंकले घट्यो, कारोबारमा सामान्य बृद्धी

    984   पटक पढिएको

२३ असार/अर्थ र व्यापार– बुधबार नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा पुगेको छ । भने सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २२२ ओटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयरको ४६ हजार १८३ पटकमा रू. ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६.२१ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । 

आज सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको ४३ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । 

यस्तै, सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३.१६ प्रतिशतले बढेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६०० पुगेको हो । दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २.८४ प्रतिशतले वृद्धि भएको छ ।  

आज सबैभन्दा बढी घट्नेमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५.४५ प्रतिशतले घटेर प्रतिकित्ता रू. ६७७ कायम भएको छ । दोस्रोमा युनाइटेड इदि मार्दी हाइड्रोपावरको शेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ । 

बुधबार कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये विकास बैंक समूह ०.२६ प्रतिशत र लघुवित्त समूहको परिसूचक शून्य ०.३८ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी घट्नेमा हाइड्रोपावर समूहको परिसूचक २.१६ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.१३ प्रतिशतले घटेको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।