logo

साताको पहिलो दिन नेप्से सुचक र कारोबार दुवै घट्यो 

    1154   पटक पढिएको

२० असार/अर्थ र व्यापार– आईतबार बजार सूचक नेप्से ८.४८ अंकले घटेर २८३४.५२ विन्दुमा पुगेको छ । गत बिहीबार नेप्से २८४३ अंकमा बन्द भएको थियो।

आईतबार कारोबार रकम पनि दुई महिना यताकै न्यून भएको छ । बिहीबारको भन्दा झन्डै एक अर्ब २२ करोडले कारोबार घटेको छ । गत बिहीबार ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा आज पाँच अर्ब ३ करोडको कारोबार भएको छ । यसअघि गत मे १० मा चार अर्ब सात करोड रुपैयाँको मात्र धितोपत्र कारोबार भएको थियो ।

आज १८३ कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीका लगानीकर्ताहरुले मात्र कमाए भने १३८ वटाकाले गुमाए भने चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज नेपाल इन्स्योरेन्स, एनटीसी, माथिल्लो तामाकोशी, हिमालयन डिस्टिलरी र नेशनल हाइड्रोपावरको सेयर सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।

आज ओरियन्टल होटल लिमिटेडको मूल्य सर्वाधिक ८.४७ प्रतिशतले बढेर ७३० रुपैयाँ प्रतिकित्ता पुगेको छ । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, सीइबीडी हाइड्रोपावर, नेपाल फाइनान्स पनि धेरै मुल्य बढ्ने कम्पनीमा परेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।