logo

मंगलबार नेप्सेमा ४७ अंकको करेक्सन, कारोबार घट्यो

    928   पटक पढिएको


१५ असार/अर्थ र व्यापार– आइतवार २७.३८ अंक र सोमवार ५.११ अंकले बढेको बजार मंगलवार ४७.४९ अंकले घटेर २८२८ विन्दुमा झरेको छ भने भने सेन्सेटिभ सूचक पनि ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा झरेको छ ।

मंगलबार कारोबार रकम पनि घटेको छ । सोमवार रू. ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार बराबरको कारोबार भएकोमा आज ६ अर्ब ७२ करोडमा खुम्चिएको छ । 

बैंकिङ २६, ब्यापार ४७, होटल तथा पर्यटन १, विकास बैंक १६७, जलविद्युत ७६, फाइनान्स ८७, निर्जीवन बीमा २५१, उत्पादन ३४, अन्य ५१, जीवन बीमा १६५ र लगानी समूह ३ अंकले घटेका छन्। त्यस्तै माइक्रोफाइनान्स समूह भने २६ अंकले बढेको छ । 

आज ओरेन्टल होटलको मूल्य ५.७ प्रतिशत, गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ३.६ तथा तारागाउँ रिजेन्सीको मूल्य २.८ प्रतिशतले बढेको छ । 

मंगलबार सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ८.५ प्रतिशतले गुमाएका छन् । त्यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी र बेष्ट फाइनान्सको मूल्य समान ८ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।