logo

सोमबार ५ अंकले वृद्धि भएको नेप्से २८७५.४९ बिन्दुमा, पौने आठ अर्ब रुपैयाँको कारोबार

    973   पटक पढिएको


१४ असार/अर्थ र व्यापार– आइतबार २७ अंकले बढेको बजार सोमबार ५.११ अंकको वृद्धि भएसंगै नेप्से सूचक २८७५.४९ विन्दुमा पुगेको छ ।

आइतवारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ । आइतवार रू. ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार बराबरको २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता शेयर कारोबार भएकोमा सोमवार रू. ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार बराबरको १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर कारोबार भएको छ । कारोबार रकम बढेपनि आइतवारभन्दा कारोबार कित्ता सोमवार घटेको छ ।

आज कारोबार भएकामध्ये सर्वाधिक मूल्य मूल्य बढ्ने १० कम्पनीमध्ये आठवटा लघुवित्त कम्पनी रहेका छन् । जसमा सबैको लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ८/८ प्रतिशतले बढ्दा सामुदायिक, मिथिला र आशा लघुवित्तको पनि ४/४ प्रतिशतसम्मले बढेको छ ।

आज सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीमा भने फाइनान्स र जलविद्युत समूहका कम्पनी रहेका छन् । बेष्ट, रिलायन्स र आइसिएफसी फाइनान्सको सेयर मूल्य चारदेखि पाँच प्रतिशतले घट्दा राधि र पञ्चकन्या माइ हाइड्रोपावरको सेयर मूल्य पनि चार÷चार प्रतिशतले नै घटेको छ ।

माथिल्लो तामाकोशीको सर्वाधिक रकम (करिब ६७ करोड रुपैयाँ) को सेयर किनबेच हुँदा नेपाल इन्स्योरेन्स र राधि विद्युतको ५२÷५२ करोड, एनआइसी एसियाको ५० करोड र सेन्चुरी कमर्सियल बैंकको २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

सोमबार पाँचवटा उपसमूह हरियो भएपनि अधिकांस उपसमूह रातो भएका छन् । लघुवित्त समूह १११ अंकले बढ्दा होटल तथा पर्यटन २० अंकले बढेको छ । विकास बैंक सर्वाधिक ७० अंकले घट्यो भने जलविद्युत समूह ६५ अंक र फाइनान्स समूह ५६ अंकले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।