logo

आइतबार नेप्सेले २४ सयको रेकर्ड नाघ्यो, कारोबारमा पनि रेकर्ड कायम

    1275   पटक पढिएको

११ माघ/अर्थ र व्यापार– आइतबार परिसूचक बिहीबारको तुलनामा ५०.२० अंक बढेर हालसम्मकै उच्च २४२४.८४ अंकमा कायम भएको छ ।

परिसूचकका सार्थ आईतबार कारोबार रकममा पनि उच्च रेकर्ड बढेको छ । आज कुल ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आइतबार ब्यापार समूह ७३ अंकले घटेको छ । ब्यापार बाहेकका सबै समूह बढेका छन् । बैंकिङ २१, होटल २४, विकास बैंक २०, जलविद्युत ५१, फाइनान्स १४, निर्जीवन बीमा २२१, उत्पादन ५१, अन्य १०४, माइक्रोफाइनान्स १०२ र जीवन बीमा १६५ अंकले बढेको छ।

पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त र मिथिला लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । भने नागरिक लगानी कोष, एनसिसी बैंक, सपोर्ट माइक्रोफाइनान्स, गुँरास लघुवित्त, रिडी हाइड्रोपावर, एचआइडिसिएल, आइएमई जनरल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी नेपालको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । त्यस्तै एनआइबिएल प्रगति फण्डको मूल्य करिब ५ प्रतिशतले घट्यो ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ६६ करोड, र मूल्य भने प्रतिकित्ता ५९ रुपैयाँ घटेर २८४९ रुपैयाँ कायम भयो ।

त्यस्तै पुनर्बीमा कम्पनीको ३४ करोडको कारोबार हुँदा मूल्य प्रतिकित्ता ६१ रुपैयाँ बढेर १५७६ रुपैयाँ कायम भयो । टेलिकमको ३१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ५४ रुपैयाँ बढेर १३९६ रुपैयाँ कायम भएको छ ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।