logo

नेपाल स्टक एक्सचेञ्जद्वारा सेयर किनबेच गर्दा अनलाइनबाटै भुक्तानी गर्न सकिने ब्यवस्था लागु

    1252   पटक पढिएको

२० पुस /अर्थ र व्यापार - ३ दिनअघि नेपाल स्टक एक्सचेञ्जले सेयर किनबेच गर्दा अनलाइनबाटै भुक्तानी गर्न सकिने ब्यवस्था गरेको छ । यो प्रणाली शुरु भएसँगै लगानीकर्ताहरुले अनलाइनबाटै भुक्तानी गर्छन् भन्ने धेरैको विश्वास थियो । तर, लगानीकर्ताहरुले पूरानै प्रणालीबाट भुक्तानी गरेका छन् ।

अनलाइन भुक्तानी प्रणाली शुरु भएको दिन १०० प्रतिशत भुक्तानी चेकबाटै भएको छ र लगानीकर्ताहरु नयाँ सिस्टमप्रति आकर्षित भएको नदेखिएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुरारी पराजुलीले बताए । अनलाइन भुक्तानी ऐछिक भएको यसअघि अभ्यान नभएकाले पनि लगानीकर्ताहरुलाई आकर्षित नगरेको हुनसक्ने उनको विश्लेषण थियो । भिजन सेक्युरिटीज र कालिका सेक्युरिटजमार्फत् सेयर कारोबार गर्दै आएका २ जना लगानीकर्ताले पेश्की भुक्तानी गरेका हुन् ।

लगानीकर्ताका संघ संगठनहरुले वर्षौंदेखि अनलाइन भुक्तानीको माग जोडदाकार साथ उठाउँदै आएका थिए । तर, व्यवस्था भएपछि भने कारोबार गर्नतर्फ लगानीकर्ताहरु उत्सुक देखिएनन् । विस्तारै अनलाइन भुक्तानीमा आकर्षण बढ्ने  विश्वास रहेको पराजुलीले बताए । नेपाली सेयर बजारमा १५ लाख लगानीकर्ता भएको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।