logo

मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने राष्ट्र बैंकको तयारी संगै शेयर बजार  ११८८.४ अंकमा पुग्यो, ८ अंकले सुधार 

    1237   पटक पढिएको

२० आषाढ/अर्थ र व्यापार– मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाउने राष्ट्र बैंकको तयारी संगै शेयर बजारमा ८ अंकले सुधार आई  ११८८.४ अंकमा पुगेको छ ।

सेयर वजारलाई राहत पुग्ने गरी राष्ट्र बैंकले ५० प्रतिशतको सीमालाई ६० देखि ६५ प्रतिशतसम्म पु¥याउने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।  

बुधवार नियमित कारोवारका लागि खुलेको शेयर बजार पहिलो १० मिनेटमै एक अंकले घटेको थियो । बजारले सवा एक घण्टासम्ममा साढे चार अंक गुमायो । त्यसपछि विस्तारै सम्हालिन थालेको थियो । 

सवा दुई बजेसम्म बजारले १० अंकको वृद्धि कायम गर्या े। तर, वृद्धि टिकाउ हुन सकेन र पुन सूचक तीन अंकको वृद्धिमा खुम्चियो । अन्तिम १५ मिनेटमा पाँच अंकको थप वृद्धिसँगै बजार आठ अंकले बढेर वन्द भएको छ ।

बुधवार १६९ कम्पनीका २५ करोड रुपैयाँ वरावरका शेयर खरिद विक्रि भएका छन् । सवैभन्दा वढि छिमेक लघुवित्त विकास बैंकको एक करोड ४६ लाख रुपैयाँ वरावरको शेयर खरिद विक्रि भएको छ । 

बुधवार कारोवारमा आएका सवै उपसूचक वढेका छन् । रैराङ् हाइड्रो पावरका शेयरधनीले करिव १० प्रतिशत गुमाउदा किसान माइक्रो फाइनान्सका शेयरधनीले करिव सात प्रतिशत कमाए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।