logo

शेयर वजारमा उत्साह, ३६ अंकले बढेर बजार १२२६.१८ अंकमा पुग्यो, कारोवारमा ८४ प्रतिशतले वृद्धी

    998   पटक पढिएको


२१ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा बढाउने समाचार सार्बजनिक भएसँगै लगानीकर्तामा उत्साह थपिएको छ । 

विहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोवार मापक सूचक ३६ अकले बढेर १२२४ अंकमा उक्लिएको छ । लगातार तेस्रो दिन सूचक बृद्धि हुँदा बजार १२२६.१८ अंकमा पुगेको हो । 

बैशाख ९ गतेदेखि बजार निरन्तर घट्दो क्रममा थियो । बजार निकै तल आउँदा मार्जिन ऋण लिएर लगानी गर्ने लगानीकर्तालाई बैंकको मार्जिन कलले च्याप्दै गरेको थियो । बुधवार राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत ऋण सीमा बढाउने तयारी गरेको समाचार सार्वजनिक भएपछि बजार दोहोरो अंकले बढेको हो।  

बिहीबार सूचकसँगै कारोबार रकम समेत उलेख्य बढेको छ । १६८ कम्पनीका ४६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ८४ प्रतिशत बढि हो । बुधवार १६९ कम्पनीका २५ करोड रुपैयाँ वरावरका शेयर खरिद विक्रि भएका थियो ।

कारोबारमा आएका उपसूचकमा उत्पादनमूलक वाहेक सबै बढेका छन्। उत्पादन मुलक ३७.३४ अंकले घटेको छ।  
समग्र कारोवारमा ११ वटा कम्पनीले गुमाउँदा १४७ वटाले कमाएका छन्। तीन कम्पनी युनाइटेड इन्स्योरेन्स,  महिला लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको कारोबारमा सर्किट लागेको छ। त्यस्तै ५० वटा कम्पनीको कारोबार ५ प्रतिशतभन्दा माथिले बढेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।