logo

यो साता ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोबार

    1041   पटक पढिएको

३० भदौ / अर्थ र व्यापार – नेपालको पुँजी बजारमा यो साता कूल ३ अर्ब ६० करोड ६८ लाख ५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो साता तीन दिन बजार ओरालो लागेको थियो । 

यो साताको पहिलो दिन सेयर बजार ३४.८९ अंकले झरेको थियो । पहिलो दिन उच्च अंकले घटेको बजार १५१९.६६ विन्दुमा आएको थियो । एक सय ५८ कम्पनीको १५ लाख ५७ हजार ३ सय ८३ कित्ता सेयर खरिद बिक्री भएको यो दिन ९२ करोड ४२ लाख ३४ हजार रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ समूहको सूचक २८.६६, विकास बैंक समूहको सूचक ४९.६, जलविद्युत समूहको सूचक ४०.४८, उत्पादनमुलक समूहको सूचक २४.२४, बीमा समूहको सूचक २९६.७१, वित्त समूहको सूचक १३.५, होटल समूहको सूचक ५१.३४ र अन्य समूहको सूचक २.८९ अंकले घटेको थियो ।

यस्तै, साताको दोस्रो दिन सोमबार बजार ३.६ अंकले बढेको थियो । एक सय ६० कम्पनीको १७ लाख १७ हजार कित्ता सेयर खरिद विक्रि भएको यो दिन ८४ करोड १३ लाख ३४ हजारको कारोवार भएको थियो । 

मंगलबार बजार २१.०६ अंकले ओरालो लागेको थियो । एक सय ५३ कम्पनीको १० लाख ७० हजार ७ सय ४७ कित्ता सेयर किनवेच भएको यो दिन ५६ करोड ९८ लाख ४३ हजार एक सय ३० रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ समुहको सूचक १८.१४, होटल समूहको सूचक ४२.५३, बिकास बैंकको सूचक २९.८२, जलविद्युत समूहको सूचक १५.५७, फाइनान्स समुहको सूचक १४.९ अंकले झरेको यो दिन बीमा समूहको सूचक १८५.१ घटेको र अन्य समूहको सूचक भने २.६१ अंकले बढेको छ । 

बुधबार पनि बजार ९ अंकले घटेको थियो । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार फेरी घटेपछि १४९३.२० अंकमा झरेको थियो । एक सय ६० कम्पनीको १२ लाख ७७ हजार ५ सय ५४ कित्ता सेयर किनवेच भएको यो दिन ६३ करोड ६९ लाख ८९ हजार ७१ रुपैयाँको कारोवार भएको थियो । 

बैकिङ, विकास बैंक, उत्पादनमुलक र ‘अन्य’ समूहको सूचक घटेको यो दिन होटल, जलविद्युत, फाइनान्स, र बीमा समूहको सूचक बढेका थिए । यो दिन बैकिङ समूहको सूचक ११.२६ अंकले घटेको थियो भने विकास बैंक समूहको सूचक २४.०५, उत्पादनमुलक समूहको सूचक २२.६३ र अन्य समुहको सूचक ६.०८ अंकले घटेका थिए । 

यस्तै, होटल समूहको सूचक १०.७४, जलविद्युत समूहको सूचक १२.४७, फाइनान्स समुहको सूचक ९.७१ र बीमा समूहको सूचक ८.९१ अंकले बढेका थिए ।

सेयर बजार बिहीबार भने दोहोरो अंकले बढेको थियो । लगातार ओरालो लागेको बजार सेयर कारोवारका हिसावले साताको अन्तिम दिन भने ३७.११ अंकले उकालो लागेको थियो । योसँगै बजार १५३०.३१ अंकमा उक्लिएर बन्द भएको छ ।1

एकसय ६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता सेयर खरिद बिक्रिबाट ६३ करोड ५० लाख ५ हजार ३ सय ५४ रुपैयाँको कारोवार भएको थियो । बिहीबार सवै समूहको सूचक हरियो भएका थिए । 

बैकिङ समूहको सूचक ३६.९७ अंकले बढेको थियो भने टे«डिङको सूचक १७.१४, होटल समूहको सूचक ४३.६ र विकास बैंक समूहको सूचक २३.९१ अंकले बढेका थिए । जलविद्युत समूहको सूचक १५.०२, फाइनान्स समूहको सूचक २६.३९, बीमा समूहको सूचक २४९.०८, उत्पादनमुलक समूहको सूचक ३४.११ र अन्य समूहको सूचक १०.४१ अंकले बढेका छन् । 
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।