logo

सोमबार सेयरबजार ९.४१ अंकले बढ्यो

    1425   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार – सोमबारको सेयरबजारमा नेप्से परिसूचक तथा कारोबार रकम दुवै बढेको छ । बीमा बाहेकका सबै समूहका परिसूचक उकालो लागेपछि नेप्से र कारोबार रकममा बृद्धि आएको हो । बीमा समूह घटेपनि यहि समूहको उच्च कारोबार भएको छ ।

सोमबार नेप्से परिसूचक ९.४१ अंकले बढेर १६५२.६९ अंकमा पुगेको छ । यसदिन कुल १५५ कम्पनीको एक अर्ब चार करोड भयो । कारोबार रकम आइतबारको तुलनामा ८ करोड बढी हो । सोमबार बीमा समूहको सूचक घटेपनि यो समूहको सबैभन्दा धेरै ३१ करोड ९६ लाख बराबरको कारोबार भयो ।

यसदिन होटल समुहको परिसूचक सबैभन्दा धेरै १६१.२८ अंकले बढेको छ । त्यस्तै उत्पादन ४६,जलविद्युत ३१ दशमलब १२,फाइनान्स १०,बैंकिङ समुह ६.७८, अन्य ५ र विकास बैंक ५ अंकले उकालो लागेको छ । बीमा समुहको परिसूचक भने ५.२१ अंकले ओरालो लागेको छ । सोमबार सानिमा बैंकको ४ करोेड ५१ लाख बराबरको सेयर कारोबार भएको थियो । त्यस्तै नेपाल लाइफको पनि चार करोड बढीको कारोबार भयो ।

यसदिन पाँच कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढेको छ । नेशनल माइक्रोफाइनान्स, तारागाँउ रेजन्सी होटल, हिमालयन डिष्टलरी,श्री इन्भेष्टमेन्ट र ओरेन्टियल होटलको सेयरमूल्य करिब दश प्रतिशतले बढेको छ । यसदिन काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।