logo

सोमबार सेयरबजारमा २५.४७ अंकको गिरावट

    1242   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार – सोमबारको सेयर कारोबारमा सामान्य उतारचढाव आएपनि सेयरबजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । कारोबारमा आएका सबै समूह नकारात्मक रहेपछि बजार उच्च अंकले घटेको हो । तर घटेको बजारमा सस्तो मूल्यमा सेयर खरिद गर्नेक्रम बढ्दा कारोबारमा कमी आएन ।

यो साता जम्मा दुई दिन मात्र सेयर कारोबार हुने भएपछि सेयरबजारमा बिक्रीको चाप परेको देखिन्छ । नजिकदै गरेको चाडपर्वको लागि पैसाको जोहो गर्नेहरुले सेयर बिक्रीको क्रम बढाएको देखिन्छ । बजार घटेको मौका छोपी सेयर उठाउनेहरु पनि उत्तिकै सक्रिय रहदा कारोबारमा उत्साह कायमै छ ।

सोमबार सेयर किन्ने र बिक्री गर्नेहरुबीच घम्साघम्सी हुँदा बजार खुलेको पहिलो एकघण्टामै नेप्से २५ अंकले झरेको थियो । त्यसपछि विस्तारै सुध्रिएको बजारले २० अंक रिकभर गरेपनि बजार बन्द हुने समयसम्म आईपुग्दा पुन ओरालो लागेर २५.४७ अंकले घटेर बन्द भएको छ ।

यो साता सार्वजनिक विदाका काराण दुई दिन मात्र सेयरबजार खुल्छ । आइतबार बकर ईदको सार्वजनिक विदाले सेयर कारोबार भएन । मंगलबार इन्द्रजात्रा भएकाले उपत्यकामा विदा रहेको छ । त्यस्तै विहीबार पनि निजामती कर्मचारीहरुलाई विदा रहेकाले सेयर कारोबार हुदैन । यो साता अब बुधबार मात्र सेयर बजार खुल्नेछ ।

बजारमा धेरै कारोबार हुने वाणिज्य बैंकहरुले कुन बैंकले कति बोनस दिन्छ र कुन बैंकको कति क्षमता छ भन्ने बिषयमा लगानीकर्ताहरुलाई पूर्व जानकारी भएकाले पनि बोनस घोषणा हुदा समेत बजार बढ्न नसकेको हो । अधिकांस वाणिज्य बैंकहरुले आफ्नो पूँजी वृद्धि योजनामै सम्भावित लाभांश बारे उल्लेख गरेका थिए ।

अर्कातर्फ राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने क्रममा सूचिकृत कम्पनीहरुले विगतमा दिएका हकप्रद, बोनस, एफपीओ धमाधम सुचिकृत भएकाले सेयरको आपूर्ति बढ्न गएको छ भने आपूर्ति अनुसारको माग नहुँदा सेयरमूल्य घट्न पु्गेको हो । 

तर केही लगानीकर्ताहरुले बजार घटेको मौकालाई सेयर खरिदको अवसरको रुपमा उपयोग गरेको देखिन्छ । जसका कारण कारोबारमा बढोत्तरी देखिएको छ ।

सोमबार सेयरबजार परिसुचक नेप्से २५ दशमलब ४७ अंकले घटेर १५५४.५६ बिन्दुमा झरेको छ । यसदिन १५२ कम्पनीको ८४ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । कारोबार रकम गत विहीबारको तु्लनामा ६२ लाख मात्रै कम हो ।

सेयरबजारमा फस्र्ट माइक्रोफाइनान्सको सबैभन्दा धेरै ३ करोड २७ लाखको सेयर किनबचे भयो । नेपाल लाइफ, स्टुयाण्र्डड चार्टर्ड बैंक र युनाईटेड इन्स्योरेन्सको पनि करिब तीन करोड बराबरको कारोबार भएको छ ।

यसदिन आरएसडिसी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै नौ प्रतिशत बढीले उकालो लागेको छ । नादी पावरको सेयरमूल्य ६ प्रतिशतले बढेको छ ।हाम्रो विकास बैंक, प्रोगेशिभ फाइनान्स, युनाइटेड इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट तथा खानीखोला हाइड्रो लगायतको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतका दरले घटेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।