logo

सोमबार सेयरबजार २.८९ अंकले बढ्यो

    1250   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – सोमबार सेयरबजार सामान्य उकालो लागेको छ । वाणिज्य बैंक, जलविद्युत तथा उत्पादन समूह खस्केपछि कारोबार रकममा समेत कमी आएको हो । यसदिन १५९ कम्पनीको ९४ करोड ६० लाख बराबरको सेयर किनबेच भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७ करोडले कमी आएको छ । आइतबार एक अर्ब एक करोड रुपैंयाको सेयर किनबेच भएको थियो । यसदिन समग्र बजार पूँजीकरण १९ खर्ब ५४ अर्ब कायम भएको छ । 

कारोबारमा आएका अधिकांस समूह सकरात्मक रहेपछि नेप्से २.८९ अंकले बढेर १६६७.९४ विन्दुमा पुगेको छ । यसदिन नागरिक लगानीकोषको सबैभन्दा धेरै ६ करोड ६१ लाख बराबरको सेयर किनबेच भयो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम एक र नेपाल लाइफ इन्स्योरेन्सको पनि चार करोड बढीको कारोबार भयो ।

सोमबार लुम्बिनी विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले बढेको छ । बैंकले आजै गत आर्थिक बर्षमा १७ प्रतिशतले नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो । त्यस्तै एक्सल डेभलपमेन्ट बैंक, नागरिक लगानी कोष, आइसिएफसी फाइनान्स, शाईन रेसुङा डेभलपमेन्ट बैंक लगायतको सेयरमूल्य बढेको छ ।

कुवेर मर्चेन्ट फाइनान्सको सेयरमूल्य दश प्रतिशतले घटेको छ । छ्याङ्दी हाइड्रो, जेबिल्स फाइनान्स, बरुण हाइड्रो, मिर्मिरे माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स लगायतको सेयरमूल्य घटेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।