logo

लिवर्टी इनर्जीद्वारा सर्वसााधारणको लागि आईपिओ निष्काशन

    1127   पटक पढिएको

१५ चैत्र /अर्थ र व्यापार - लिवर्टी इनर्जी कम्पनीले सर्वसााधारणको लागि आईपिओ निष्काशन प्रकृया अघि बढाएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको हो ।

लिवर्टी इनर्जीको उक्त शेयरलाई क्रोडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड ४’ ग्रेड प्रदान गरेको छ । ग्रेड ४ ले कम्पनीको वित्तीय अवस्था औसत भन्दा तल आधार रहेको जनाउँछ । 

आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई आईपिओ जारी गर्न कम्पनीले यस अघि नै एनआईबिएल एस क्यापिटलसँग सम्झौता गरिसकेको छ । कम्पनीले निमार्ण गर्ने ३ वटा जलविद्युत आयोजनाहरुमध्ये लमजुङ स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यस्तै अन्य दुई बागलुङ स्थित बडीगाड खोलामा २४.६ मे.वा. क्षमताको बडिगाड खोला जलविद्युत आयोजना र लमजुङ स्थित लोदोखोलाबाट १.६ मे.वा क्षमताको लोदो खोला साना जलविद्युत आयोजना निमार्ण गर्ने तयारी भैरहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।