logo

सेयर बजारमा  लघुवित्त कम्पनीहरुलाई अलग्याइँदै, लघुवित्तको अलग्गै समूह बनाउने तयारी

    1052   पटक पढिएको

 

कात्तिक ९ / अर्थ र व्यापार – काठमाडौं  आगामी साताबाट सेयर बजारमा १० वटा समूहगत परिसूचकहरु हुने भएका छन् । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नौ वटा समूहगत परिसूचक मात्र छन् । नयाँ समूहगत परिसूचकको रुपमा लघुवित्त समूह बन्ने भएको हो ।
‘विकास बैंकहरुको तुलनामा लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च उतारचढाव देखिन्छ । लगानीकर्ताहरुले पनि यही कारण यी दुईको अलगअलग परिसूचक हुनुपर्ने माग गर्दै आएका थिए,’ नेप्सेका प्रवक्ता मुरारी पराजुली भन्छन् ।

हाल बजारमा बैंकहरुतर्फ तीन वटा समूहगत परिसूचक छन् । वाणिज्य बैंकहरुको कारोबार मापन गर्ने बैंक, विकास बैंक र वित्त । हाल विकासबैंक समूहअन्तर्गत् नै लघुवित्त कम्पनीहरु सूचीकृत हुने गरेका छन् ।

यस्तै, बीमा, जलविद्युत, होटेल, व्यापारमूलक कम्पनी र उत्पादनमुलक कम्पनीका अलग परिसूचक छन् ।
‘यो परिसूचक अलग्याउन हामीले नै सुझाव दिएका हौं, परिसूचक लागू गर्दा विवाद नआओस् भन्ने हाम्रो सोच हो,’ नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल भन्छन् ।बजारमा आधारभूत पक्षभन्दा लघुवित्त कम्पनीहरुको मूल्य निकै उच्च रहेकाले विकास बैंकसरह गणना गर्दा विकास बैंकहरुको वास्तविक अवस्था थाहा पाउन समस्या भएको गुनासो लगानीकर्ताहरुको थियो । लघुवित्त कम्पनीहरुको कार्य सञ्चालन प्रकृति पनि फरक छ ।
‘सूचक घटबढ हुँदा लगानीकर्ताको मनोविज्ञानमा पनि फरक पर्छ, सबै कम्पनीको मूल्य घटबढमा यसले प्रभाव पार्ने हुन्छ,’ अर्याल भन्छन् । हुन त, कम्पनीहरुको सेयर मूल्य र संख्याकै आधारमा सूचकको गणना हुने भए पनि आधारभूत पक्षभन्दा सूचकलाई मात्र हेरेर लगानीकर्ताले निर्णय लिने अवस्था छ ।

नेपालमा परिसूचक गणनामा सेयरको मूल्य र संख्या दुवैलाई आधार मान्ने चलन छ । यसलाई भारित औसतको आधार पनि भनिन्छ ।
आगामी दिनमा समूहमा बेमेल खालका कम्पनीहरुलाई अलग्याउने, कम्पनी वर्गीकरणमा समेत नयाँ रणनीति लिने र नेप्से परिसूचकलाई नै कारोबारमा ल्याउने योजना छ ।
यसका लागि सबै सूचीकृत कम्पनीको आजको सेयर मूल्य र संख्याको जोडलाई सूचक गणना हुँदाको दिनको सबै सूचीकृत कम्पनीको सेयर मूल्य र संख्याको जोडले भाग गर्ने तथा आधार दर एक सयले गुणन गरेर निकाल्ने गरिएको छ ।
समूहगत परिसूचकको गणना गर्दा पनि उही सूत्र लगाइन्छ । यसमा फरक के मात्रै हो भने सूचीकृत कम्पनीहरु छान्दा त्यही क्षेत्रका कम्पनीलाई मात्र छानिएको हुन्छ ।

अब लघुवित्त कम्पनीहरुको सेयरमापक सूचक निकाल्दा पनि यही सूत्र लागू हुने सम्भावना छ । यसमा आधार सूचकको रुपमा एक सय अंक लिने वा हाल कायम विकास बैंकको सूचक (बुधवारको १८८४) लिने भन्ने निर्णय हुन मात्रै बाँकी छ ।
एक सय अंक लिँदा लघुवित्त समूहको परिसूचक पनि एक सय अंक नै रहनेछ । किनभने, परिसूचक गणना सुरु गर्ने दिन नै आधार दिन हुने भएकाले सूचीकृत लघुवित्त कम्पनीहरुको सेयर संख्या र मूल्य एउटै हुनेछ । तसर्थ, सूत्रअनुसार यो भाग गर्दा भागफल एक आउँछ । आधार सूचक एक सय अंक लिइएमा त्यस दिनको सूचक पनि एक सय (भागफलबाट आएको एकलाई एक सयले गुणन गर्दा) नै आउँछ ।

तर, आधार सूचक विकास बैंक समूहको सूचक नै लिइएमा करिब १८८४ बाट लघुवित्तको सूचक सुरु हुने नेप्सेका प्राविधिक विभाग प्रमुख निरञ्जन नायक बताउँछन् । १८८४ नै राख्नुभन्दा शून्यमा (१८०० हुनेगरी) रहेर आधार सूचक राखिने सम्भावना धेरै छ ।

एक सयलाई आधार सूचक लिँदा विकास बैंक समूहको परिसूचकसरह लघुवित्त समूहको परिसूचक पुग्न निकै समय लाग्नेछ । तर, १८८४ बाट लिएमा दुवै परिसूचक समानस्तरबाट अगाडि बढ्नेछन् ।

सूचक लागू भएपछि लघुवित्त कम्पनीहरुको सेयर मूल्य र संख्यामा हुने परिवर्तनसंँगै लघुवित्त समूहको परिसूचकमा घटबढ हुँदै जानेछ । कम्पनीहरुको सेयर मूल्य बढ्दा परिसूचक पनि बढ्नेछ भने घट्दा घट्नेछ । त्यो समूहमा नयाँ कम्पनी थपिँदा कम्पनीहरुले बोनस सेयर र हकप्रद सेयर दिँदा सेयर संख्यामा फरक पर्दै जान्छ ।

यसकारण सुधारनेप्से सञ्चालनमा आएको लगभग २१ वर्ष भयो । बजारमा एनआईडीसी डेभलपमेन्ट बैंक (तत्कालीन नेपाल औद्योगिक विकास निगम) विकास बैंकअन्तर्गत्को पहिलो सूचीकृत कम्पनी हो ।

तर, आव ०५९र६० बाट मात्रै विकास बैंक समूहको शुरुवात भयो । पहिलो वर्ष यो समूहमा चार वटा कम्पनी थिए । तीमध्ये बजारमा लघुवित्तबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी निर्धन उत्थान विकास बैंक थियो । उक्त कम्पनी ११ वैशाख ०६० मा सूचीकृत भएको थियो ।हाल बजारमा ३८ वटा विकास बैंक र ३३ वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् ।

‘यो सुधारको पहिलो शुरुवात हो, आगामी दिनमा समूहमा बेमेल खालका कम्पनीहरुलाई अलग्याउने, कम्पनी वर्गीकरणमा समेत नयाँ रणनीति लिने र नेप्से परिसूचकलाई नै कारोबारमा ल्याउने योजना हो,’ नेप्सेका प्रवक्ता पराजुली भन्छन् ।
हाल वित्त कम्पनीमा अलग प्रकृतिको नागरिक लगानी कोष मात्र होइन, ‘अन्य’ समूहमा बाँकी रहेका सबैखाले कम्पनी सूचीकृत छन् । यिनलाई पनि अलग्याउने रणनीति नेप्सेको छ । तर, नागरिक लगानी कोषका लागि छुट्टै समूह बनाउन यस्ता प्रकृतिका अन्य कम्पनी बजारमा नरहेकाले ‘अन्य’ समूहमा रहन्छ कि कुनै नयाँ बन्छ भन्न सकिँदैन ।

यस्तै, ‘अन्य’ समूहमा प्रविधि क्षेत्रको नेपाल टेलिकमसमेत छ । विदेशमा प्रविधि क्षेत्रका बहुसंख्यक कम्पनी सूचीकृत हुने भएकाले सूचक नै अलग्गै रहन्छ । नेपाल टेलिकम, एनसेललगायत प्रविधिमा आधारित कम्पनीहरुको पनि अलग्गै समूह निर्माणको गर्नुको विकल्प देखिँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।