logo

चालू आर्थिक बर्षको पहिलो तीन महिनामा शेयर लगानीकर्ताले एक खर्ब ४२ करोड गुमाए

    989   पटक पढिएको

 १९ कात्तिक / अर्थ र व्यापार

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा  शेयर बजारका लगानीकर्ताले एक खर्ब ४२ करोड रुपैयाँ गुमाएका छन् । बजार सुधारमा  सरकारले ध्यान नदिँदा बजार पूँजीकरणमा क्षयीकरण हुनेक्रम रोकिएको छैन ।

आर्थिक वर्षको सुरुको दिन साउन १ गते १५ खर्ब ८७ अर्ब रुपैयाँ बरावर रहेको बजार पूँजीकरण असोजको अन्तिम कारोबार दिन ३० गते बिहीबार १४ खर्ब ४५ अर्ब रुपैयाँमा झरेको छ ।

शेयर बजारको प्रकृति घट्ने तथा बढने नै हो । तर यसरी लगातार शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको मनोवल नै खस्किने गरी बजार ओरालो लाग्नुले देशको अर्थतन्त्र माथि नै असर पुर्याउने विश्लेषकहरु बताउछन् । यसरी शेयर बजारमा गरिएको  लगानी डुब्दा लगानीकर्ताहरु शेयर बजारप्रति नै निराश भएका छन । कम्पनीहरूले वित्तीय बिवरणहरू सार्व्जिनक गर्ने र लाभाँशहरू घोषणा गर्ने समयमा पनि बजार अधोगति हुनु राम्रो संकेत होइन ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा नेप्से सूचक १३७.११ अंकले अंकले घटेको छ । साउन १ गते बुधबार एक हजार २७४ दशमलब ८६ बिन्दुमा रहेको नेप्से परिसूचक त्रैमासको अन्तिम कारोबार दिन एक हजार १३७ दशमलब ७५ बिन्दुमा पुगेर बन्द भएको थियो ।

चालु आवको पहिलो त्रैमासमा ४ लाख ४ हजार ९२९ वटा कारोबारबाट ७ करोड ६६ लाख ८ हजार कित्ता शेयर २० अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।कुनै समय अर्ब बढी कारोबार हुने शेयर बजारमा हाल मुस्किलले दैनिक २० र २५ करोड रुपैयाँको मात्र कारोबार हुने गरेको देखिन्छ । लगातार ओरालो लागेको शेयर बजारमा लगानी गरेर प्रतिफल आउने कुरामा लगानीकर्ता आशावादी नहुँदा र सम्बन्धित नियामक निकायको बजार सुधार प्रति ध्यान नजाँदा पनि बजारको अवस्था खस्किदै गएको हो ।
जसकारण सम्बन्धित पक्षले शेयर बजारका लगानीकर्ताहरुको मनोबल उच्च गराउने खालको बजार सुधार सम्बन्धी कदमहरु तत्काल चाल्नुपर्ने विश्लेषकहरुको भनाई छ । सरकारले पूँजी बजारको विकाससँगै मुलुकको आर्थिक विकास गर्न दीर्घकालनी लगानीको स्रोत जुटाउनु पर्नेमा उनीहरुको जोड छ ।

सरकारको तर्फबाट पनि शेयर बजारमा गर्न सक्ने सुधारका कदमहरु  नचालिएको होइन । तर, पूँजीबजार सम्बन्धी कानुन केही निर्माणमा ढिलाइ र  कार्यान्वयनको समष्याले लगानीकर्ताको मनोवल उठ्न सकेको छैन। ठूला र संस्थागत लगानीकर्ताहरू बजार प्रवेश गर्न  हिच्किचाएसम्म बजारको ताल यस्तै रहने अनुमान गर्न थालिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।