logo

हिमालय ऊर्जाद्वारा आज प्राथमिक शेयर आज बाँडफाँड गरिदैं

    1049   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - हिमालय ऊर्जा विकास कम्पनीको प्राथमिक शेयर आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङका अनुसार यस अघि भएको ‘प्रिएलटमेन्ट’मा सबै आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । योग्य आवेदकले बढीमा २० कित्ता सम्म शेयर पाउने छन् । सबैलाई १० कित्ताका दरले बाँडफाँड गरेर बाँकी रहेको शेयर पून थप १० कित्ताकै दरले बाँडफाँड गरिएको छ । जसमा थप ६६ हजार ९५० जानाले १० कित्ताका दरले शेयर पाएका छन् ।  

कम्पनीको शेयरमा ६९ हजार ७०८ आवेदकले ४८ लाख ९५ हजार ८५० कित्ताकोलागि आवेदन दिएका थिए । जसमध्ये ३८ आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । बाँकी रहेका ६९ हजार ६७० आवेदकले ४८ लाख ९३ हजर ५० कित्ता माग गरेका थिए । उनीहरुलाई  रितपूर्वक शेयर बाँडफाँड गरिएको बिक्री प्रवन्धकले बताएको छ ।

कम्पनीले गत चैत २० देखि १४ लाख ८५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । यसमध्ये सामुहिक लगानी कोषलाइ ७४ हजार २५० कित्ता र कर्मचारीलाई ४४ हजार ५५० कित्ता छुट्याएर बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणकालागि खुला गरेको थियो ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।