logo

नेप्से सूचकमा केही सुधार भएपनि कारोबार रकम बढेन

    1057   पटक पढिएको

९ पौष / अर्थ र व्यापार - बुधबार शेयर बजार १.८२ अंकले सुधार भएर ११६८.०३ अंकमा रोकिएको छ। कारोबार सुरु भएको केही समय सुधारको क्रममा थियो। तर पछिल्लो समय बजारमा थोरै करेक्सन हुँदा कारोबार रकम भने बढ्न सकेन।

आजको कारोबारमा सबैभन्दा धेरै सानिमा बैंकको ऋणपत्रको चार करोड ८१ लाख रुपैयाँको खरिद बिक्री भएको छ। यो कारोबार नेप्सेको अनलाइन प्रणालीबाट सबैभन्दा धेरै भएको पहिलो पटक हो।

नेपाल बैंकको चार करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ। मंगलबार १० करोड भन्दा माथिको कारोबार भएको शिवम सिमेन्टको आज भने तीन करोड ४८ लाख रुपैयाँमा सिमित भएको छ। नेपाल सेवा लघुवित्त र कञ्चन डेभलपमेन्ट बैंकको शेयर अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ।

विगत केहि दिनदेखि लगातार सकारात्मक सर्किट लाग्दै आएको नेपाल फाइनान्सको आज भने घट्ने क्रममा नकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै जीवन बीमाको सूचकमा सुधार देखिएको छ।

पछिल्ला कारोबारहरुमा बीमा कम्पनी, माइक्रोफाइनान्सको शेयरमा उछाल आउने क्रम बढेको छ। बाणिज्य बैंकहरुमा खासै सुधार नहुँदा ठूला लगानीकर्ताहरु भने अझै पर्ख र हेरको अवस्थामा छन्।

 शेयर बजार धेरैले बढ्दा थोरैले घट्ने ट्रेण्ड, नेप्से सूचकमा केही सुधार भएपनि कारोबार रकम बढेन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।