logo

नेप्सेद्वारा सेञ्चुरी बैंक र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य समायोजन

    1192   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार - नेप्सेद्वारा सेञ्चुरी कमर्सियल बैंक र ग्रामीण विकास लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सेञ्चुरी बैंकको बोनस र ग्रामीण विकास लघुवित्तको हकप्रदमा शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार सेञ्चुरी बैंकको २ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १६६ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको हो । समायाजित शेयरमूल्यलाई आधार मानेर बैंकको सोमबार कारोबार खुलेको हो । बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधारमूल्य २१४ रुपैयाँ ८३ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ । बैंकले वैशाख १२ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि चैत २९ गते बिहीबार बुकक्लोज गरेको हो । 

उता नेप्सेले ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन भएको छ । नेप्सेले ५० प्रतिशत हकप्रद समायोजन पश्चात प्रतिकित्ता ३३३ रुपैयाँ ६७ पैसामा शेयरमूल्य समायोजन गरेको छ । युसै मूल्यलाई आधार मानेर लघुवित्तका सोमबार कारोबार खुलेको छ । नेप्सेमा १८० दिन शेयर कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य २१५ रुपैयाँ ५५ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ । ग्रामीण विकास लघुवित्तले चैत २९ गत हकप्रद निष्काशन गर्न बुकक्लोज गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।