logo

धितोपत्र बोर्डका अध्यक्ष कार्कीको कार्यशैलीबाट पूँजी बजार निरास बनेको ब्रोकरहरूको आरोप

    1305   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार  - स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको आइतबार बसेको वैठकले धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको कार्यशैलीबाट पूँजी बजार निरास बनेको निष्कर्श निकालेको छ । अध्यक्ष कार्कीले ब्रोकरहरूको बैठकमा पुरानै शैली अपनाउने र बिषयलाई बिषयान्तर गर्न खोजेको आरोप ब्रोकरहरूको छ ।

एक बिज्ञप्ति जारी गर्दै एशोसियसनले कार्कीको व्यवहार र कार्यशैलीबाट लगानीकर्ता तथा व्यवसायीहरू विश्वस्त हुन नसकेका कारण समग्र धितोपत्र बजार थप धरासयी हुनेप्रति सजग हुन जरूरी भएको उल्लेख गरेको छ । बैठकले बजारलाई यस्तो अवस्थाबाट जोगउदै धितोपत्र बजारको विकास तथा विस्तार तथा सुदृढीकरणका लागि गरिनुपर्ने कामहरूको विवरण मागपत्रको रूपमा बोर्डमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

साथै माग पूरा गराउन विभिन्न संघर्षका कार्यक्रम गर्ने पनि बैठकले निर्णय गरेको छ । धितोपत्र बजारको विकासका लागि ब्रोकरले गरेको संघर्षका कार्यक्रममा साथ दिन समग्र लगानीकर्ता र सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।