१ असार/अर्थ र व्यापार – यस साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से झिनो अंक ०.४७ ले बढेर २६ सय ५५ दशमलब ६५ विन्दुमा कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ५१ करोडको कारोबार भएकोमा यसदिन ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६ सय ३६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन ९० वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ५७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन हाइड्रोपावर उपसमूहको सेयरमूल्य ०.९६ प्रतिशतले बढेको छ । धेरै मूल्य बढेका कम्पनीमा हाइड्रोपावरको नै अगाडी देखिएको छ । यसदिन उत्पादन उपसमूहको सेयरमूल्य सबैभन्दा धेरै १ दशमलब ४७ प्रतिशतले बढेको छ ।
व्यापार उपसमूहको १ दशमलब ०८ प्रतिशत, निर्जीवन बीमा उपसमूहको ०.०७ प्रतिशत , विकास बैंक उपसमूहको ०.४८ प्रतिशतले बढेको छ ।
तीन वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी, ग्रिन डेभलपमेन्ट बैंक र छ्याङ्दी हाइड्रोपावर छन् । त्यसपछि बरुण हाइड्रोपावरको ९.८४ प्रतिशत, युनियन हाइड्रोपावरको ९.३४ प्रतिशत मूल्य बढेको छ ।
यसैगरी, बैंकिङ उपसमूहको ०.४४ प्रतिशत , फाइनान्स उपसमूहको ०.५९ प्रतिशत, लगानी उपसमूहको ०.७६ प्रतिशत , जीवन बीमा उपसमूहको ०.५४ प्रतिशत , माइक्रोफाइनान्स उपसमूहको ०.३१ प्रतिशत , होटल तथा पर्यटन उपसमूहको ०.०६ प्रतिशत र अन्य उपसमूहको ०.४६ प्रतिशतले घटेको छ ।
यसदिन धेरै कारोबार भएका पाँच कम्पनीहरुमा सानिमा माइ हाइड्रोपावर, ङयाादी ग्रुप, बुटवल पावर, राधि विद्युत् र माउन्टेन इनर्जी क्रमशः अगाडि रहेको छ ।
तपाईको प्रतिक्रिया