logo

सेयर बजारमा दोहोरो अंकको गिरावट

    150   पटक पढिएको


१५ वैशाख/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १४ दशमलब ५३ अंकले घटेर २६ सय ४७ दशमलब ७ विन्दुमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ ।
अघिल्लो दिन १० अर्ब ८७ करोड रुपैयाँ बढीको सेयर कारोबार भएकोमा यसदिन जम्मा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ । १ सय ६७ वटा कम्पनीको सेयर मुल्य घटेको छ । ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ ।
दोहोरो अंकले बजार घटे पनि यसदिन फाइनान्स उपसमुहको सेयर मुल्य बढेको छ । लामो समयपछि लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण फाइनान्स उपसमुहमा देखिएको छ । फाइनान्स उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै १ दशमलब ४० प्रतिशतले बढेको छ । व्यापार उपसमुहको सुन्य दशमलब ४२ प्रतिशतले बढेको छ ।
अन्य सबै उपसमुहको सेयर मुल्य घटेका छन् । अघिल्लो दिनसम्म आकर्षणमा रहेको लगानी उपसमुहको सेयर मुल्य सबैभन्दा धेरै २ दशमलब १४ प्रतिशतले घट्यो । बैंकिङ उपसमुहको सून्य दशमलब ६५ प्रतिशत , विकास बैंक उपसमुहको सून्य दशमलब २८ प्रतिशत, होटल तथा पर्यटन उपसमुहको सुन्य दशमलब २३ प्रतिशत, हाइड्रोपावर उपसमुहको सून्य दशमलब ७५ प्रतिशतले सेयर मुल्य घटेको छ ।
जीवन बीमा उपसमुहको सून्य दशमलब १३ प्रतिशत, उत्पादन उपसमुहको सुन्य दशमलब ५४ प्रतिशत, माइक्रोफाइनान्स उपसमुहको सून्य दशमलब ७६ प्रतिशत, निर्जीवन बीमा उपसमुहको सून्य दशमलब ०२ प्रतिशत र अन्य उपसमुहको सून्य दशमलब २१ प्रतिशतले सेयर मुल्य घटेको छ ।
सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ८ दशमलब ४५ प्रतिशतले घटेको छ । युनिभर्सल पावरको ४ दशमलब ८० प्रतिशत, त्रिशुली जलविद्युतको ४ दशमलब ७९ प्रतिशतले घट्यो ।
यसदिन दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, मध्यभोटेकोशी हाइड्रोपावरको ७ दशमलब ६२ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ६ दशमलब ९७ प्रतिशत, मानुषी लघुवित्तको ५ दशमलब ७९ प्रतिशतले सयेर मूल्य बढेको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरुमा ङादी ग्रुप पावर, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।