logo

सेयर बजारको ओरालो यात्रा कायमै,चौथो कारोबार दिन पनि नेप्से ३२.३८ अंकले घट्यो

बैंकहरुको कमजोर वित्तीय विवरण र आन्दोलनले लगानीकर्ता सशंकित

    206   पटक पढिएको



१० वैशाख/अर्थ र व्यापार – यस साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । लगातार चौथो कारोबार दिन सेयर बजार परिसूचक थप ३२ दशमलब ३८ अंकले घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६ सय ५५ दशमलब ९४ विन्दुमा झरेको छ ।
यसदिन बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन जम्मा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।
२ सय १७ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने एउटाको स्थिर रहेको छ । २८ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ । यसदिन सबैभन्दा धेरै विकास बैंक उपसमुहको सेयर मुल्य २ दशमलब ०९ प्रतिशतले घटेको छ ।
बैंकिङ उपसमुहको १ दशमलब २३ प्रतिशत, फाइनान्स उपसमुहको १.१५ प्रतिशत , होटल तथा पर्यटन उपसमुहको १.०१ प्रतिशत , हाइड्रोपावर उपसमुहको १.७८ प्रतिशत, लगानी उपसमुहको १.७६ प्रतिशत , जीवन बीमा उपसमुहको ०.४५ प्रतिशत , माइक्रोफाइनान्स उपसमुहको १.०४ प्रतिशत , निर्जीवन बीमा उपसमुहको ०.९७ प्रतिशत , अन्य उपसमुहको १.५० प्रतिशत र व्यापार उपसमुहको सुन्य दशमलब ३० प्रतिशतले सेयर मुल्य घटेको छ ।
बुधबार धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल रहेका छन् । यसदिन उत्पादन उपसमुहको सामान्य बढेको छ । दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो । राधि विद्युतको ४ दशमलब ३३ प्रतिशत, र विन्ध्यबासिनी हाइड्रोपावरको २ दशमलब ७० प्रतिशतले सेयर मुल्य बढ्यो ।
सम्बन्धीत लगानीकर्ता एवं सेयर विस्लेषकहरुले यो साता लगातार चार सेयर बजार घट्नुका पछाडि विशेषगरि ३ वटा कारण देखिएको बताएका छन् । उनीहरुका अनुसार पहिलो कारणमा बैंकहरुको कमजोर वित्तीय विवरण नै रहेको छ । अहिले अधिकांश बैंक वित्तिय संस्थाले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण कमजोर देखिएपछि त्यसयता सेयर बजार घटिरहेको छ । दोस्रोमा विभिन्न पक्षको आन्दोलनले पनि सेयर लगानीकर्तामा मनोवैज्ञानिक नकारात्म असर पारेको छ । तेस्रोमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया थप गिजोलिएपछि लगानीकर्ता सशंकित बनेका छन् ।
नयाँ गभर्नर नियुक्तिका लागि गठन भएको सिफारिस समितिका एक सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएपछि लगानीकर्ताबीच अब के हुने हो भन्ने अन्यौलता बढेका कारण अहिले सेयर बजार घटेको अनुमान उनीहरुको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।